निगमको वाइडबडी जहाजको दैनिक ११ घण्टा उडान
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शनिबार ३:३२:८
२० मंसिर काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ । नियामक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चालू आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक समीक्षा प्रतिवेदनअनुसार निगमको वाइडबडी जहाजको औसत उडान कम देखिएको हो ।
अन्तर्राष्ट्रिय उडानमा प्रत्येक जहाज दैनिक कम्तीमा १४ घण्टा सञ्चालन हुनुपर्ने व्यवस्था छ । गन्तव्य विस्तारमा भइरहेको डिलाई तथा लामा गन्तव्यको अभावका कारण पनि निगमको वाइडबडी लामो समय उड्न नसकेको सम्वद्ध अधिकारी बताउँछन् । निगमले गत भदौ १२ गतेदेखि जापानको ओसाकामा सिधा उडान भर्दै आएको छ । यो गन्तव्य झण्डै सात घण्टा लामो हुन्छ ।
निगमको न्यारोबडी ए ३२० जहाजको उडान भने वाइडबडीको तुलनामा सन्तोषजनक छ । न्यारोबडीको औसत दैनिक उडान १२.९ घण्टा रहेको छ । एक महिनाअघि निगम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष अध्यक्ष मदन खरेरले वाइडबडी जहाजले दैनिक १३ घण्टा उडान गर्दै आएको बताएका थिए ।
मन्त्रालयको प्रतिवेदनअनुसार वाइडबडी जहाजको हालको प्राविधिक जनशक्ति स्थायी र करार गरी २६ जना पाइलट छन् । निगमले हाल सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । छिट्टै जापानकै नारिता, चीनको ग्वाङ्जाओ, साउदी अरब, दक्षिण कोरियालगायत गन्तव्यमा समेत उडान प्ररम्भ गर्ने योजना बनाएको छ ।
निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक, कतार र जापानको ओसाका उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए३३० र दुई न्यारोबडी ए३२० जहाज छन् ।
सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि निगमले अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको तुलनामा आफूलाई अब्बल तुल्याएको छ । निगमको वार्षिक प्रतिवेदनअनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको थियो । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११।७ प्रतिशत ओगट्न सफल भएको थियो ।
नेपाल एयरलाइन्सले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाई उछिन्न सफल भएको थियो । हाल तीन नेपालीसहित २८ वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्र्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार