‘अभियान श्री सम्मान २०७६’ बाट कल्पना योङहाङ लिम्बु सम्मानित
Advertisement

२२ मंसिर काठमाडौं । ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन ।

सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेसी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि बिशिष्ट योगदान पुर्याए बापत ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ मा उनलाई उच्च सम्मान गरिएको थियो ।

नेपाली ढाकालाइ विश्वको ३३ वटा राष्ट्रमा पुर्याई नेपालको स्वदेशी उत्पादन ढाकालाइ विश्वसामु परिचित गराउन सफल उद्धमी कल्पना योङहाङ लिम्बु नेपाली ढाका फेसनलाइ संसारभर परिचित बनाउन सफल भएकी छिन ।

Advertisement

लिम्बु समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाइ आफ्नो कर्मबाट सम्बृद बनाउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउने महिलामा चर्चित छिन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here