हिन्दू धर्म र संस्कृति सङ्कटमा : सभापति देउवा
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ सोमबार २:३५:२९
२२ मंसिर पर्वत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दू धर्म र संस्कृति सङ्कटमा परेको बताएका छन्।
आज पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दू धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउनलाई सबैजना जुट्न आग्रह गरे ।
गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्न आएका सभापति देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुलाई नयाँ आशा जगाएको बताए । उनले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आफूले सरकारसँग माग गर्ने बताए ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दू धर्मालम्वीलाई एक ठाउँमा ल्याएको बताए । उनले हिन्दू धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रहसमेत गरे ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको भन्दै गण्डकी गोपाल गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट रु ४० लाख बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार