दुर्घट्ना बढेपछि स्याङ्जा ट्राफिकको चासो
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार २०:१९:८
२३ मंसिर स्याङ्जा । पछिल्लो समय देशका विभिन्न भागमा दैनिक सवारी दुर्घट्ना हुन थालेपछि स्याङ्जा ट्राफिक प्रहरीले पनि चासो देखाउन थालेको छ । जिल्लामा पछिल्लो समय दुर्घट्नामा न्युनिकरण भएपनि विभिन्न जिल्लामा भएको दुर्घट्नाले सचेत बनेको जिल्ला ट्राफिक प्रहरीले सचेतना फैलाउन लागेको हो ।
सवारी दुर्घटनाले ठुलो जनधनको क्षति भएसगै जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दुर्घटनामा कमी गराउने उदेश्यले ट्राफिकले सवारी चालक, सह चालक, यात्रु, सर्वसाधारका बिच सचेतना कार्यक्रम शुरु गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजार, वालिङ र गल्याङ क्षेत्रबाट ग्रामिण भेगमा जाने सवारी साधनका चालक, सहचालक, सवारी धनी, यात्रु लगायतलाई भेला गराएर सचेतना गर्दै आएको जिल्ला ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले बताए ।
सवारी ऐनको अबज्ञा गर्दै सवारी साधन चलाउनेलाई यात्रु आफैले पनि खबरदारी गर्नुपर्ने ट्राफिक प्रहरीको अनुरोध छ । बिगत देखिनै दुर्घटना न्युनिकरणमा आफुहरुले चाँसो देखाएको बताउदै जिल्ला ट्राफिक प्रहरी रानाभाटले देशभरको दुर्घनालाई हेर्दा स्याङ्जामा सामान्य जस्तै रहेको बताए ।
सवारी चालकको साधन चलाउने अनुमति पत्र, सवारी साधनको कागजात आवश्यक रहने बताउदै रानाभाटले क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारबाहीको दायरमा ल्याउने बताए । सचेतना कार्यक्रममा ट्राफिकको कार्यक्रम प्रभाबकारी रहेको बताउदै ग्रामिण भेगमा समेत कार्यक्रम लग्नुपर्ने सवारी चालकहरुले बताएका छन् ।
दुर्घटना न्युनिकरणमा सबैको चासो खाँचो रहेको भन्दै गाउँ गाउँमा सवारी जाचँ समेत हुनुपर्ने चालकहरुले ट्राफिक प्रहरीलाई सुझाए । बढ्दो सवारी चाप र बिग्रदो सडक पनि दुर्घट्नाको कारक बनेकोले दुवै बिषयमा चालक सचेत रहनुपर्ने ट्राफिक प्रहरीको आग्रह छ । अहिले सम्म ट्राफिक प्रहरीले ४ सय भन्दा बढीलाई ट्राफिक सचेतना गराएको ट्राफिक हवलदार शंकर रिमालले जानकारी दिए ।
यो क्रमलाई निरन्तरता दिइरहने उनको भनाई छ । जिल्लामा सवारी दुर्घट्ना गएका बर्षहरुमा भन्दा केही न्युनिकरण हुदै आएको छ । ट्राफिक प्रहरीको सक्रियता बढे सगै जिल्लामा दुर्घट्नामा कमी आएपनि विभिन्न जिल्लामा भएका सवारी दुर्घट्नाले स्याङ्जा ट्राफिकलाई चुनौती भने थपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
नेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार