सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार २३:४५:४१
२३ मंसिर,काठमाडौं । विश्वमै सर्वाधिक खुशी मुलुकको उपमा जित्न सफल फिनल्याण्डले अर्काे कीर्तिमान रच्ने भएको छ ।
फिनल्याण्डमा अब गठन हुने सरकारको नेतृत्व ३४ वर्षीया सान्ना मारिनले गर्दैछन् । विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको इतिहास उनले रच्ने भएकी छन् । साथै सान्नाको नेतृत्वमा बन्ने गठबन्धन सरकारमा सबै दलबाट महिला नै सहभागी हुनेछन् ।यो पनि विश्व इतिहासमा पहिलो घटना हुँदैछ ।
राजनीतिक संकट गहिरिएपछि प्रधानमन्त्री आन्ती रिन्नेले पद त्याग गरेका छन् । उनको स्थानमा सोसलिस्ट डेमोक्रेटिक पार्टीले हालका यातायात मन्त्री सान्नालाई प्रधानमन्त्रीका लागि चयन गरेको हो ।
एक दुई दिनमै गठन हुने विश्वास गरिएको नयाँ सरकारमा पाँच वटा दलले गठबन्धन गरेका छन् । सबै दलले आफ्ना तर्फबाट महिला मन्त्री नै पठाउने समझदारी बनाएको बीबीसीले जनाएको छ ।
हाल युक्रेनका महिला प्रधानमन्त्री ओलेक्सी ओन्चेरुक ३५ वर्षकी छन् । यस्तै न्युजिल्याण्डका महिला प्रधानमन्त्री पदमा जेसिना अर्डना रहेकी छन् । उनको उमेर ३९ वर्षको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार