शनिबार , जेठ १, २०७८

राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने

राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने

२३ मंसिर काठमाडौं । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए ।

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले माघको ७ देखि ११ गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न परामर्श दिन लागेको बताए ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

क्यूआर कोड विस्तारमा आक्रामक बन्दै सिटिजन्स बैंक, तरकारी बजारदेखि रेष्टुराँको भुक्तानी क्यूआरबाट क्यूआर कोड विस्तारमा आक्रामक बन्दै सिटिजन्स बैंक, तरकारी बजारदेखि रेष्टुराँको भुक्तानी क्यूआरबाट ३ हप्ता पहिले
प्राण प्रतिष्ठाका लागि अन्नपूर्ण जगन्नाथको रथयात्रा प्राण प्रतिष्ठाका लागि अन्नपूर्ण जगन्नाथको रथयात्रा ३ हप्ता पहिले
भरतपुर अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भरतपुर अस्पतालमा उपचाररत संक्रमितको मृत्यु २ हप्ता पहिले
उत्तरी इजरायलमा भागदौड मच्चिदा ४४ जनाको मृत्यु उत्तरी इजरायलमा भागदौड मच्चिदा ४४ जनाको मृत्यु २ हप्ता पहिले
अक्सिजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश अक्सिजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश ४ दिन पहिले
श्रमिकको न्यूनतम् तलब बढाएर १५ हजार पुर्याउँछौ: प्रधानमन्त्री श्रमिकको न्यूनतम् तलब बढाएर १५ हजार पुर्याउँछौ: प्रधानमन्त्री २ हप्ता पहिले
प्रधानमन्त्री र जसपाका शीर्ष नेताबीचकाे छलफल सकारात्मक प्रधानमन्त्री र जसपाका शीर्ष नेताबीचकाे छलफल सकारात्मक ४ हप्ता पहिले
हुम्लामा चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुम्लामा चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध ३ हप्ता पहिले