शनिबार , जेठ १, २०७८

अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार

अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार

२४ मंसिर एजेन्सी । इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ । इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गरेका छन् । उनले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिएका छन् ।

सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,” एक जना प्रवक्ता अलि राबैयाले भने । “कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,” उनले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय