शनिबार , जेठ १, २०७८

अकुपाई टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन : मेयर शाक्य

अकुपाई टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन : मेयर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।

२४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाई टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् ।

उनले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताए । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताए । उनले भनेका छन् , “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि हो, त्यसैले ‘अकुपाईँ टुँडिखेल अभियान’सञ्चालन गर्नु कुनै आवश्यक छैन, आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुन्छ, टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै रहेको हो ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

करीब तीन हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो । प्रमुख शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने जनाउँदै सार्वजनिक चासोको विषयलाई राजनीतिकरण नगर्न पनि सबै अभियानकर्मीसँग आग्रह गरेका छन् ।

उनले भने, “दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुने बित्तिकै खुलामञ्च खाली हुन्छ ।” यता सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले भने पुनःनिर्माणका सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताए । स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीको भनाइ छ ।

अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन् । दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हुँदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ । “महानगरपालिका धुलो–धुँवामुक्त र हरियालीयुक्तको अभियानमा छ”, प्रमुख शाक्यले भने, “चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा हामीले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको हो ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय