कुमारी स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ बुधबार २:३०:३२
२४ मंसिर,काठमाडौं । कुमारी बैंक लिमिटेडले नगदरहित कारोबार (cashless payment) को अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोगलाई प्रोत्साहित गन आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ ।
यस योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले (Kumari Smart Mobile Banking Application) प्रयोग गरी विभिन्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिनसक्ने छन् ।
१०० मा १०० – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक (Cashback) प्राप्त गर्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्नेछ ।
स्क्यान एन्ड पे – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर. कोड (QR Code) स्क्यान गरी भुक्तानी गर्दा १० % वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक (cashback) प्राप्त गर्न सक्नेछन् । यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुने बैंककी कर्पोरेट कम्यूनिकेशन तथा सीएसआर प्रमुख सीपा रेग्मीले जनाएकी छन् ।
कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै – पानी, बिजुली, सारथीको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।
आफूलाई समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शाउन सफल कुमारी बैंकले आफ्ना देशभर रहेका ११६ शाखा संजाल, १११ एटीएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरु दिदै आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार