के तपाई जागिर नपाएर हैरान हुनु भएको छ ?
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार १५:४३:२४
२५ मंसिर काठमाडौं । के तपाई जागिर नपाएर हैरान हुनु भएको छ ? यदि हो भने ढुक्क हुनुस लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी ‘अप्राविधिक’ पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको हो ।
सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ । त्यस्तै, लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ ।
सामान्य प्रशासनतर्फ १६८ बढुवाका लागि तथा बाँकी २१६ खुला, ५८ महिला, ४८ आदिवासी जनजाति, १५ दलित, ३९ मधेसी, ९ अपांग र ७ पिछडिएको क्षेत्रका लागि छुट्याइएको छ । यस्तै राजस्वतर्फ २० बढुवाका लागि र बाँकीमध्ये २७ खुला, ८ महिला, ५ आदिवासी जनजाति, ५ मधेसी, २ दलित १ अपांग र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
लेखातर्फ ९ बढुवाका लागि तथा १२ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित १ र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ । लेखा परीक्षणतर्फ १३ बढुवाका लागि र १६ खुला, ४ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
परराष्ट्रमा १ बढुवाका लागि तथा २ खुला र १ महिलाका लागि विज्ञापन खुलाइएको छ । न्यायतर्फ ८५ बढुवाका लागि तथा १०९ खुला, २९ महिला, २४ आदिवासी जनजाति, २४ मधेसी, १० दलित ५ अपांग र ४ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
कानुनतर्फ १५ बढुवाका लागि तथा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ४ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ । सरकारी वकिलतर्फ ८ बढुवाका लागि तथा ८ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।
त्यस्तै, व्यवस्थापिका संसद्तर्फ ६ बढुवा तथा १० खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार