लैङ्गिक हिंसा : २५ महिला र ३३ बालबालिका पीडित
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बिहिबार २:५६:५४
२५ मंसिर काठमाडौं । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा मुलुकभरि महिला तथा बालबालिका हिंसाका ५८ घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र ‘इन्सेक’ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा मंसिर ९ देखि २४ गतेसम्मको लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा २५ महिला र ३३ बालबालिका पीडित भएको उल्लेख छ ।
प्रतिवेदनमा नौ जना महिलासहित २७ जना बलात्कारबाट पीडित भएका छन् । सो अवधिमा दैनिक दुई जनाभन्दा बढी महिला तथा बालिका यौनजन्य हिंसाबाट पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार यौन दुव्र्यवहारका घटनामा चार वर्षीया बालिकासहित १० र बलात्कार प्रयासका घटनामा ६ महिला पीडित भएका छन् ।
सो अवधिमा बेचबिखन प्रयासमा दुई महिलासहित तीन बालिका, बेचबिखन घटनामा तीन बालिका र बोक्सीको आरोपमा दुई महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । अभियानको क्रममा परिवारकै सदस्यबाट तीन महिला र एक जना बालिकाको हत्या हुनुको साथै अछाममा एक महिलाको छाउगोठमा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा ‘अन्तर पुस्ता समानता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान सञ्चालन भएको थियो । लिङ्गका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा वृद्धि हुँदै गएको पनि सो प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक, सांस्कृतिक मान्यतामा आधारित कुरीतिजन्य अभ्यासका कारण महिलाहरूमाथि बोक्सीको आरोपमा हुने हिंसा, महिनावारी भएको बेला गरिने विभेद्, दाइजोका कारण गरिने मानसिक तथा शारीरिक यातना, बालविवाह, गर्भपतन जस्ता घटना हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।
दण्डहीनताको संस्कृति, पुरातन सोच, लैङगिक मैत्री न्याय प्रणालीको विकास नहुनुजस्ता कारणले महिलामाथि हुने हिंसाका घटनामा बढोत्तरी भइरहेका इन्सेकले जनाएको छ । पीडित र साक्षीको सुरक्षाका संयन्त्र नहुँदा पीडितहरू न्याय पाइन्छ भन्ने कुरामा विश्वस्त हुन नसकेका उल्लेख गरिएको छ ।
परिवारजनबाट महिलामाथि हुने धेरैजसो घटनालाई परिवारमै गुपचुप राख्ने वा गाउँ समाजमै मिलाउने परम्परा, धेरैजसो घटनामा महिलाकै दोष देखाएर आरोपितलाई उन्मुक्ति दिने कार्य पनि भइरहेका र प्रहरी कार्यालयसम्म पुगेका उजुरीलाई मेलमिलापका नाममा सामसुम पार्ने कार्य हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार