बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १४:३८:०
२६ मंसिर बैतडी । बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ ।गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो ।
स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको टिलापिया जातको एकलिङगीय माछामा अनुसन्धान गरेका हुन् ।
सय दिन लगाएर गरिएको अनुसन्धानले टिलापिया जातको माछा उत्पादनका लागि बैतडी जिल्ला उपयुुक्त रहेको देखिएको अनुसन्धानमा सहभागी महेश बुढामगर बताए।
उक्त माछाको उत्पादनका लागि पानीको तापक्रम करिब २५ देखि ३० डिग्री सेल्सियसको उपयुक्त हुने अनुसन्धानबाट देखिएको उनले बताए । यो जातको माछाको माग उच्च रहेको बताइएको छ । विशेषत टिलापिया माछामा काडा नहुने भएको हुँदा वृद्ध, बच्चा जसले पनि सजिलै खान सक्ने हुँदा यसको माग उच्च हुने गरेको छ । स्थानीय बजारमा यो जातको माछा प्रतिकिलो रु ५०० बिक्री भइरहेको छ ।
नदी, खोलानालाका माछा मारेर खाने चलन बनाएका स्थानीय किसान हाम्रो यो सानो प्रयासले गर्दा माछापालनप्रति आकर्षित भएका छन् र माछापालनबाट पनि जीवनोस्तर उकास्न सकिन्छ भन्ने कुरा सिकेका छन् । एकलिङ्गीय टिलपिया माछाको वृद्धिदर अरुभन्दा चाँडो हुने सङ्केत देखिएको छ ।
द्विलिङ्गीय हुँदा पोखरीमै प्रजनन गर्ने गर्दछन् जसले गर्दा उनीहरुको सामर्थ प्रजनन हुँदा अधिकतम मात्रामा प्रयोग हुने गर्दछ । तर एकलिङ्गीय माछाको कुनै सामर्थ अनावश्यक खेर नजाने र शरिर वृद्धिमै प्रयोग हुने गरेको अनुसन्धानले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार