आज बेलायतमा आमनिर्वाचन हुँदै
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १५:१७:५०
२६ मंसिर एजेन्सी । बेलायतमा बिहीबार आमचुनाव अन्तर्गत मतदान हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि मतदान सुरु हुनेछ । बेलायतमा पाँच वर्ष भन्दा कम समयमा तेस्रोपटक आमनिर्वाचन हुन लागेको हो ।
बेलायतको इतिहासमा झण्डै १०० वर्ष पहिलो पटक डिसेम्बरमा चुनाव हुन लागेको हो । यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो ।
इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि बिहीबार मतदाताले मत दिने छन् । मतदान नेपाली समय अनुसार शुक्रबार बिहान पौने चार बजे समापन हुनेछ । त्यस लगत्तै मतगणा सुरु हुने बिबिसीले उल्लेख गरेको छ । अधिकांश क्षेत्रको नतिजा शुक्रबार नै आइसक्ने छ ।
पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत बेलायतका ६५० संसदीय क्षेत्रका प्रतिनिधिको चयन यो चुनावबाट हुनेछ । सन् २०१७ मा भएको चुनावमा सबैभन्दा पहिले न्युक्यासल सेन्ट्रल संसदीय क्षेत्रको नतिजा आएको थियो ।
बेलायतमा सामान्यतया हरेक चार या पाँच वर्षमा आमनिर्वाचन हुने गर्छ । तर गएको अक्टोबरमा सांसदहरुले आमनिर्वाचनको पक्षमा मत दिए । सन् १९७४ पछि बेलायतमा जाडो याममा हुन लागेको यो पहिलो निर्वाचन हो । त्यसअघि सन् १९२३ मा पनि डिसेम्बरमा आमनिर्वाचन भएको थियो ।
बेलायतको आमचुनावमा १८ वर्षमाथिका सबै बेलायती नागरिक तथा कमनवेल्थ वा रिपब्लिक अफ आयरल्याण्डका योग्य नागरिकहरु जसले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गएका छन् उनीहरुले मत दिन पाउँछन् । अहिलेको चुनावका लागि नोभेम्बर २६ सम्म मतदाताको नामावली दर्ता गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार