आजदेखि तीन दिनसम्म हिमपात र वर्षा
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १५:२९:३७
६ मंसिर काठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पानी र हिमपातको सम्भावना रहेको छ। पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी भेगमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै बिहीबारदेखि तीन दिनसम्म हिमपात र वर्षाको सम्भावना रहेको जनाएको हो । अहिले पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी केही ठाउँमा पानी परिरहेको मौसमविद मञ्जु बासीले जानकारी दिए । पानी र हिमपातका कारण चिसो पनि देशैभर बढेको छ ।
हिमपातको सम्भावना रहेकाले आउँदो शनिबारसम्म पदयात्रामा नजान मौसमविद् बासीले पर्यटकलाई आग्रह गरे । आउँदो शनिबारपछि भने मौसम खुल्ने उनको भनाइ छ ।
यस्तै काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । चिसो बढेकाले बिहान बेलुका घर बाहिर सकेसम्म ननिस्किन डाक्टरले आग्रह गरेका छन् ।
निस्किनै परे न्यानो लुगा लगाएर हिँड्न डाक्टरको सुझाव छ । त्यस्तै झोलिलो तथा तातो खाना खानुपर्ने उनीहरुले बताएका छन् ।
बिशेष मौसम बुलेटिन (Special Weather Bulletin)
(जारी मितिः २०७६-०८-२६, बिहान ६:०० बजे)
मिति २०७६ मंसिर २५ गते बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ। बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।
उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार