बुधबार , असोज १४, २०७७

अब ‘गूगल क्रोम’ ब्राउजरमा नयाँ सुविधा

अब ‘गूगल क्रोम’ ब्राउजरमा नयाँ सुविधा

२६ मंसिर काठमाडौं । अब पासवर्ड ह्याक भयो भनेर चिन्ता मान्ने दिन गए, यदि तपाईको पासवर्ड ह्याक भयो भने ‘गूगल क्रोम’ले सूचना दिने भएको छ । ‘गूगल क्रोम’ ब्राउजरमा नयाँ सुविधा थपिएको छ । यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ ।

गूगलका कार्यकारी निर्देशक सुन्दर पिचाईले ट्वीट गर्दै नयाँ विशेषताको बारेमा बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘यदि तपाईँको प्रयोगकर्ता नाम र पासवर्ड कम्प्रोपाइज्ड ‘सहजै अनुमन गर्न सकिने’ छ र तपाईँ कुनै बेवसाइटमा जाँदै हुनुहुन्छ भने गूगल क्रोमले तपाईँलाई आग्रह गर्नेछ । यसले प्रयोगकर्ताको अनलाइन सुरक्षामा मद्दत गर्नेछ ।’

कार्यकारी निर्देशक पिचाईका अनुसार ‘रियल टाइम फिशिंग प्रोटेक्सन’मा पनि सुधार गरिदैँछ । कुनै द्वेषपूर्ण साइटमा जाँदा प्रयोगकर्ताले सूचना पाउनेछन् । क्रोम सेटिंगमा गएर ‘सिंक अप्सन’ छनोट गर्न सकिन्छ । यद्यपि यो विशेषता ती सबै प्रयोगकर्तालाई जारी गरिएको हो, जसले क्रोममा सेफ ब्राउजिंग प्रोटेक्सनअनुसार साइन इन गरेका छन् ।

गूगलले यो प्रविधिलाई सबैभन्दा पहिले पासवर्ड चेकअप एक्स्टेन्सन ‘पासवर्ड जाँच विस्तार’ को रुपमा सुरु गरेको थियो । अब यही विशेषतालाई विस्तार गर्दै कम्पनीले यसलाई गूगल क्रोमको पासवर्ड प्रोटेक्सनको लागि पेस गरेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय