१३औं सागमा नेपाल प्रहरीमा आवद्ध खेलाडीलाई ५६ पदक
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १८:२७:४३
२६ मंसिर,काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता “साग”मा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ १ वटा, बक्सिङतर्फ १ वटा र पुरुष फुटबलतर्फ १ वटा गरी कुल १६ वटा स्वर्ण पदक छन् ।
यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १ वटा, महिला फुटबलतर्फ १ वटा, महिला कबड्डीतर्फ १ वटा र महिला बास्केटबलतर्फ १ वटा गरी कुल १४ वटा रजत पदक प्राप्त भएका छन् ।
साथै भारोत्तोलनतर्फ ७ वटा, जुडोतर्फ ५ वटा, तेक्वान्दोतर्फ ५ वटा, टेबुल टेनिसतर्फ ४ वटा, करातेतर्फ ३ वटा, ब्याडमिन्टनतर्फ १ वटा र पुरुष क्रिकेटतर्फ १ वटा गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।
उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएको सो समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार