विद्यालयमा डिजिटल साक्षरता अभियान
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १८:४१:१९
२६ मंसिर, खाँदबारी । सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान शुरु गरेको हो ।
‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ मूल नाराका साथ चैनपुर नगरपालिकास्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम गरेर डिजिटल साक्षरता अभियान शुरु गरिएको छ । अभियानको उद्घाटन गर्दै चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीले प्रदेश सरकारको अभियान निकै महत्वाकाङ्क्षीसँगै महत्वपूर्ण पनि रहेको बताए । प्रदेश सरकारको अभियानलाई सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य रहेको खत्रीको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका शैक्षिक गुणस्तर सुधार अभियान कार्यान्वयन समितिका अध्यक्ष उपेन्द्र दाहालले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि पठनपाठनमा कम्प्युटर प्रयोग गर्नुपर्ने देखिएको बताए । प्रदेशका सबै सामुदायिक विद्यालयमा तत्काल डिजिटल साक्षरता शुरु गरिने भन्दै १० वर्षभित्र प्रदेशका सबै विद्यालयलाई ‘पेपरलेस’ बनाउने प्रदेश सरकारको नीति रहेको दाहालले बताए। उनले प्रदेशभरका छनोटमा परेका १०० विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु गरिसकिएको जानकारी दिए ।
सङ्खुवासभामा चालू आर्थिक वर्षमा डिजिटल साक्षरता अभियान शुरु गर्ने विद्यालयमा धर्मदेवी नगरपालिकाको रामेश्वर मावि, पाँचखपन नगरपालिकाको बाना मावि, सिलिचोङ गाउँपालिकाको सगरमाथा मावि, चैनपुरको शारदा मावि तथा खाँदबारी नगरपालिकाको मनकामना रत्न अम्बिका मावि तुम्लिङटार, हिमालय मावि खाँदबारी र महेन्द्र मावि मानेभञ्ज्याङ छन् ।
प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न अनुदान व्यवस्थापन, शिक्षक तालीम व्यवस्थापन र विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ समेत छनोटमा परेका विद्यालयलाई उपलब्ध गराउनेछ । प्रदेशले दोस्रो चरणमा ११२ विद्यालय छनोट गरी कार्यक्रम अघि बढाउने भएको छ ।
प्रदेशभरका सामुदायिक विद्यालयमा सरकार, निजी क्षेत्र र साझेदार संस्थाबीचको साझेदारीमा सूचना प्रविधिमा आधारित शिक्षा शुरु गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष दाहालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार