पहाडी भेगमा एक लाख टिमुरका बिरुवा उत्पादन
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १८:५८:२६
२६ मंसिर घोराही । दाङको उत्तरतर्फका पहाडी भेगका जनतालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धको मालागेडी खेती थालिएको छ । डिभिजन वन कार्यालयले चालू आवलाई ‘टिमुर वर्ष’ का रुपमा शुरु गरेको छ ।
यो कार्यक्रमअन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ । मसला बनाउन उपयोगी मानिने टिमुर बहुवर्षे जडीबुटी भएको र यसको बजार मूल्य महङ्गो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।
टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा बिरुवा उत्पादन शुरु गरिएको छ । तीनवटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादनसमेत शुरु गरिएको छ ।
“दुवै बहुवर्ष, बहुउपयोगी जडीबुटी हुन”, डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले भने, “केही वर्षमै हामी दाङको उत्तरी भेगमा टिमुरका बिरुवा लगाउने गरी योजना बनाएका छौँ ।” विस्तृत अध्ययनपछि टिमुर रोपण कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख ज्ञवालीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार