टेलिकमको २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सेवा
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ शुक्रबार ४:२९:१६
२६ मंसिर काठमाडौं । नेपाल टेलिकमले देशका २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच अर्थात् ‘फाइबर टू द होम सेवा’ उपलब्ध गराइरहेको छ ।
नेपालभर विभिन्न स्थानमा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच सेवा उपलब्ध गराइरहेको तथा काठमाडौँ उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटिटिएच सेवालाई २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीका अनुसार काठमाडौंमा यो सेवा कीर्तिपुर कार्यालयअन्तर्गत भत्केको पाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।
त्यसैगरी गोङ्गबु कार्यालयअन्तर्गत चमती, गोङ्गबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेन्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरीत क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पीपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटिटिएच सेवा उपलब्ध छ ।
छाउनी कार्यालयअन्तर्गत कालीमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकापअन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुङ्गेअड्डा तथा ढुङ्गेअड्डादेखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।
सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तीगौडाअन्तर्गत वसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजीक, सुकेधारा र धुम्बाराही नजीक क्षेत्रमा यो सेवा उपलब्ध छ ।
बबरमहल कार्यालयअन्तर्गत अल्फा बिटा नजीक, बिआइसिसीको उत्तर, ह्वाइट हाउस नजीक र भेनस हस्पिटलको विपरीत क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी ९गोठाटार० अन्तर्गत नमूना चोक, सनराइज चोक, काँडाघारी चोक नजीक र सनसिटी तथा चाबहिलमा कार्यालय नजीकको क्षेत्रमा यो सेवा उपलब्ध छ ।
ललितपुर जिल्लामा सैँबु, पाटन र ठैब कार्यालयबाट एफटिटिएच सेवा वितरण भइरहेको छ । सैँबुअन्तर्गत सैँबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालयअन्तर्गत बखुन्डोल नजीक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ ।
त्यसैगरी ठैब कार्यालयअन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाइँटारमा यो सेवा उपलब्ध छ । भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटिटिएच सेवा उपलब्ध गराइरहेका छन् । भक्तपुरअन्तर्गत जितपुर र नगरकोट तथा ठिमीअन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजीकै, क्याबिनेट २५ मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ ।
त्यसैगरी विराटनगर, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, कास्की, सुर्खेतलगायत जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ ।
यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीव्र रुपले कार्य योजना अघि बढाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’को नाममा ब्रान्डिङ गरेको छ ।
टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराइरहेको छ । यसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबिपिएसको प्याक जम्मा रु आठ हजार रुपैयाँमा उपलब्ध छ ।
हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर ९सिपिई० र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । हालसम्म कम्पनीका यस सेवाका ग्राहक सङ्ख्या १५ हजार आठ सय रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन
पुष १८, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार