भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार १३:४०:१४
२८ मंसिर बेझाड । पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष मार्फत पुनःनिर्माण हँुदैछन् । चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु भएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइ प्रमुख रमेशराज पौडेलले बताए ।
जिल्लामा यसभन्दा अगाडि निर्माणकार्य शुरु भएका भूकम्प प्रभावित विद्यालय भवनको पुनःनिर्माणकार्य लगभग ७० प्रतिशत सकिइसकेको छ । आव २०७३/७४ मा ३२ निर्माण भएका भवनमध्ये नेपाल सरकार शिक्षा विभागबाट ३०, प्राधिकरणबाट दुई वटा छन् । आव २०७४/७५ मा शिक्षा विभाग र भूकम्प पुनःनिर्माण प्राधिकरणबाट गरी जम्मा ११६ भवन निर्माण भएका छन् । प्राधिकरणबाट ७४ भवन प्राप्त भएकामध्ये चारकोठे १६, तीनकोठे चार, दुईकोठे ५४ भवन छन् ।
नेपाल सरकार शिक्षा विभागबाट प्राप्त भएका ४२ भवनमध्ये चारकोठे १२ र दुईकोठे ३० भवन छन् । आव २०७५/७६ मा पहिलो चरणमा शिक्षा विभागबाट प्राप्त ३२ भवनमध्ये चारकोठे १६, दुईकोठे ११, तीनकोठे पाँच भवन छ । दोस्रो चरणमा प्राप्त भएको ४८ भवनमध्ये चारकोठे २४, तीनकोठे चार र दुईकोठे २० भवन छन् ।
प्राधिकरणमार्फत पहिलो चरणमा ३६ भवन प्राप्त भएकामध्ये दुईकोठे १७, चारकोठे चार, तीनकोठे १५ भवन छन् । दोस्रो चरणमा ४८ मध्ये चारकोठे २४, तीनकोठे चार, दुईकोठे २० भवन छन् । प्राधिकरणबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनका लागि रु ६३ लाख, दुईकोठे भवनका लागि रु २१ लाख र तीनकोठे भवनका लागि रु ३१ लाख रकम उपलब्ध गराइएको छ । आव २०७४/७५ मा चारकोठे भवनलाई रु ६३ लाख, २०७५/७६ मा चारकोठे भवनलाई मात्र रु ७० लाख बजेट उपलब्ध गराइएको छ ।
जिल्लामा भूकम्पमा ८२ विद्यालय शुरुमा क्षति पुगेका भवनमा सूचीकृत भएका थिए भने पछि थप भएर आएकासहित ११७ विद्यालय भूकम्प प्रभावित विद्यालयमा सूचीकृत भएका छन् । नेपाल सरकार शिक्षा विभागबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनलाई रु ३२ लाख, दुईकोठे भवनलाई रु १३ लाख उपलब्ध गराउने गरिएकामा २०७४/७५ मा चारकोठे भवनलाई रु ३६ लाख, दुईकोठे भवनलाई रु १६ लाख रकम उपलब्ध गराइएको छ ।
पाल्पामा ४९४ विद्यालय सञ्चालनमा छन् जसमा सामुदायिकतर्फ प्राथमिक २००, संस्थागत ५९, आधारभूत तहमा सामुदायिक ८८, संस्थागत १२, मावि तहमा सामुदायिक ११५, संस्थागत २० विद्यालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार