धनुषामा बम बिस्फोटन : २ को मृत्यु, प्रहरी निरीक्षक सहित पाँच घाइते
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार १४:९:५२
२८ मंसिर धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गए राती करिब १२ं बजे बम विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ सो घटनामा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन् ।
प्रदेश नं.२ अस्थायी राजधानी जनकपुरवाट नजिकै धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएको हो । सो बिस्फोटमा परि दुई जनाको घटनास्थलमै मृत्यू भएको धनुषाका सशस्त्र प्रहरी प्रमुख निर्मल खड्काले सो घटनाको पुष्टि गर्नु भएको छ ।
सो क्षेत्रमा संकास्पद वस्तु फेला परेपछि सो बारे अनुसन्धान गर्न प्रहरी पुग्नासाथ विस्फोट भएको थियो र उक्त फिस्फोटमा परेर गंभीर घाइते दुई जनालाई अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो ।’
सो विस्फोटमा परी स्थानीय अंदाजी ४५ बर्षिय राजेश्वर साह र उनका छोरा अन्दाजी बर्ष २५ का आनन्द साहको मृत्यू भएको प्रहरीले जनाएको छ । करिब १२ बजेतिरै भएको सो बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक ‘ईन्स्पेक्टर’ अमिर दाहाल र प्रहरी जवान रिजनाथ महतो सहित अन्य ४ जना घाईते भएका हुन् ।
बम विस्फोटमा परी साह परिवारका बाबुछोराको घटनास्थलमै मृत्यू भएको छ भने प्रहरी नीरिक्षक दाहाल र एक प्रहरी जवान गम्भिर घाईते भएकोमा थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाइएको छ ।
सो बम विस्फोटमा परी मृतक राजेश्वरका १९ वर्षीय छोरी अंजली र १५ वर्षीय अर्का छोरा प्रकाश पनि गंभीर घाईते रहेको बताइएको छ । अँजलीको बाया खुट्टामा र प्रकाशको दाया खुट्टामा गम्भिर चोट लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार