नेकपा स्थायी कमिटी बैठक शुरु
नेपालबहस संवाददाता
मंसिर २९, २०७६ आइतबार २१:२८:१२
२९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुप्रतिक्षित स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भर्खरै शुरु भएको छ । विगत एक वर्षदेखि बस्न नसकेको स्थायी कमिटी वैठक डाक्ने संस्थापन इतर पक्षले माग गर्दै आएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नरहेको स्थायी कमिटी बैठकका लागि बिहानै सचिवालय बैठकले पाँच वटा अजेण्डा तयार गरिसकेको हो । सचिवालय बैठकमा भने प्रधानमन्त्री ओली सहभागी थिए । वैठकमा उनले आफ्नो स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको जानकारी दिएका थिए ।
नेकपाको विधान अनुसार प्रत्येक तीन महिनामा स्थायी कमिटीको बैठक बस्नुपर्ने हुन्छ । तर ओलीले पछिल्लो बैठक आजको ठीक एकवर्ष अघि अर्थात २०७५ मंसिर २९ मा राखेका थिए । त्यसयता ओलीले आफू अनुकुल हुने गरी सबै निर्णय सचिवालय बैठकबाटै गराउँदै आएका छन् ।
तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई कार्यकारी अधिकार प्राप्त अध्यक्ष बनाएपछि भने उनको सक्रियता बढेको छ । प्रचण्डले नै स्थायी कमिटी बैठक डाँकेका हुन् ।
लामो समयको अन्तरालमा हुन लागेको यस बैठकले महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ । खासगरी उपाध्यक्ष पदमा नेता बामदेव गौतमलाई लैजान सहज हुने गरी विधान संशोधन गर्न बैठकले बाटो खोली दिने आम अनुमान रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार