कांग्रेस बैठक अलमलमा, पौडेलको असहमति कायमै
कुसुम सेञ्चुरी
मंसिर २९, २०७६ आइतबार २२:४:३३
२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र पछिल्लो पटक चुलिएको असमझदारी र बेमेलले आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक प्रभावित भएको छ ।
शुक्रबार बोलाइएको बैठकमा संस्थापन इतर पक्षले सहभागिता नजनाउने जनाउ दिएपछि संस्थापन पक्षले बैठक रोकेर सहमति जुटाउने प्रयास गरेको थियो ।
यस प्रयोजनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हिजो वरिष्ठ नेता रामचन्द्र पौडेलको घरदैलो गरेका थिए । करिब एकघण्टा छलफल गर्दा पनि दुवै नेताबीच आगामी कार्यदिशाबारे सहमति नजुटेकाले आजको बैठक पनि प्रभावित भएको छ ।
आज दिउँदो १ बजेका लागि तय गरिएको बैठक अझै पनि औपचारिक रुपमा शुरु भएको छैन । कुरा नमिलेपछि वरिष्ठ नेता पौडेल आज बिहानै ताप्लेजुङस्थित पवित्र शक्तिपीठ पाथीभरा देवीको दर्शन गर्न पुगेका छन् । आज बैठक शुरु गर्ने तयारीका साथ पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका देउवा पक्षीय नेताहरु अहिले अनौपचारिक बैठक गरिरहेका छन् ।
खासगरी आगामी महाधिवेशनको प्रक्रिया तत्कालै थालिनु पर्ने माग संस्थापन इतर पक्षले राख्दै आएको छ । तर संस्थापन पक्ष भने एकवर्ष म्याद थप गरी विभिन्न विभाग र भातृसंस्थामा आफ्ना पक्षधर ल्याउने रणनीतिमा रहेको छ । हिजोको भेटमा देउवाले ४० प्रतिशत भागबण्डा दिने प्रस्ताव राखेका थिए ।
तर पौडेलले अब महाधिवेश प्रक्रिया शुरु गर्ने अजेण्डा बाहेक अरु विषयमा छलफल गर्न तयार भएनन् । त्यसैले पनि अब कसरी जाने भन्नेमा संस्थापन पक्षमा अन्योल बढेको छ । धेरैजसो सदस्य अब एकलौटी रुपमा जानु पर्ने सोचमा देखिएका छन् ।
तर उपसभापति विमलेन्द्र निधि लगायत केही प्रभावशाली नेता भने सकेसम्म सबैलाई समेटेर जाँदा मात्रै पार्टी एकतामा बल पुग्ने धारणा राख्दै आएका छन् । तर पौडेल कुनैपनि बिन्दूमा पुगेर सहमति गर्नसक्ने बुझाई उनी पक्षधरकै रहेको छ ।
विगतदेखि नै पौडेलले भागबण्डाको लोभमा परेर देउवासँग पटक पटक सहमति गर्ने गरेको तीतो अनुभव उनी पक्षधरकै रहेको छ । तर यसपटक भने पौडेलले महाधिवेशनको कार्यतालिका सार्वजनिक नभएसम्म वैठक बहिष्कार गर्ने बताउँदै आएका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार