कांग्रेस नेता पौडेलद्वारा पाथीभराको दर्शन
नेपालबहस संवाददाता
मंसिर २९, २०७६ आइतबार २३:४७:५३
२९ मंसिर ताप्लेजुङ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज परिवारसहित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेका छन् । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै दिन नेता पौडेल पाथीभराको दर्शनका लागि परिवारसहित यहाँ पुगेका हुन्।
छोरा, बुहारी र नातीसहित यहाँ पुगेका पौडेलले आज बिहान पाथीभराको दर्शनपछि सुकेटार विमानस्थलमा पार्टीका स्थानीय नेता कार्यकर्तासँग संक्षिप्त भेटघाटसमेत गरेका थिए ।
भेटघाटका क्रममा उनले पार्टीभित्र रहेका आन्तरिक विवाद र असमझदारीका विषय प्याकजमै टुङ्गो लगाएर अघि बढ्ने बताए । समयमा नै महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएरै अघि बढ्नेमा उनको जोड थियो ।
केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच विवाद हुँदै आएको छ ।
पौडेल पक्षले यसअघिको बैठक बहिस्कार गरेपछि काँग्रेसले आजका लागि बैठक बस्ने निर्णय गरेको थियो । हेलिकप्टरमार्फत पाथीभराको दर्शनका लागि यहाँ आएका नेता पौडेल दर्शनपछि विराटनगर फर्किएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार