देशका विभिन्न क्षेत्रमा मौसम बदली, तराईमा हुस्सु
नेपालबहस संवाददाता
मंसिर ३०, २०७६ सोमबार १४:४६:३६
३० मंसिर काठमाडौं । केही दिनदेखि मौसम खराब बनाएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् ।
तर काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली तथा हुस्सु लागेको अवस्था छ । हाल देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।
सोमबार दिनभर मौसम अधिकांश रुपमा सफा नै रहने जनाइएको छ । देशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने जनाइएको छ ।
यस्तै राति पनि पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने मौसमविद समिर श्रेष्ठले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट पनि पूर्व लागेको र अहिले कुनै पनि सक्रिय मौसमी प्रणाली नरहेको मौसमविद श्रेष्ठले बताए ।
काठमाडौँ उपत्यका तथा तराईका क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली तथा हुस्सु लागेको र दिउँसो मौसम खुल्ने उनले बताए । बिहान ६ डिग्री रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्नेछ ।
तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था
केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
धनगढी | 9.0 | 7000 |
नेपालगञ्ज | 10.0 | 600 |
भैरहवा | 12.0 | 500 |
सिमरा | 10.0 | 10000 |
जनकपुर | 15.0 | 25 |
बिराटनगर | 14.0 | 50 |
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर ३० गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १ गते (मंगलबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।
पौष २ गते (मंगलबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार