सडकमा सुत्यो भन्दैमा हेप्ने !
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार २०:१४:४८
१ पुस काठमाडौं । काठमाडौं उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चावहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका फाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौं महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।
साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पेटी, कोही सटर लगाएको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए । मित्रपार्क नजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनले मानिन । जसरी पनि लैजाने भनेपछि उनी जङ्गिन। “के मलाई सडकमा सुतेको छ भनेर हेप्न पाइन्छ, तिमीहरुभन्दा म के कम, मेरो घर छ, परिवार छ, म धनी परिवारकै मान्छे हुँ”, शरीरबाट पैसाको बिटो निकाल्दै उनी चर्किन।
प्रहरी देखेपछि उनलाई डर लागेर होला त्यसपछि रुन थालिन। भोलिदेखि सडकमा बस्दिन आज आफन्तकोमा जान्छु भनेर ढिपी गरे पनि उनलाई उद्धार गरेर लगियो । गौलाशा चोकमा ४९ वर्षका जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए । मजदूरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेनन। आफन्त र साथीभाइ रहेकाले आज यहाँ सुतेपनि भोलिदेखि नसुत्ने उनले अडान बसे । आश्रमका अभियन्ता र प्रहरी मिलेर उठाउन खोजेपछि उनले मानवीयता नभएको मान्छे भन्दै अङ्ग्रेजीमा गाली गरे।
उद्धारको क्रममा कोही मजदूरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ भएर सुतिरहेको पाइए । चावहिल नजिकिएको पुलमुनी धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ््याउमा भेटियो । राति १० बजे यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एकजना सुतिरहेका थिए । पर्खालको भित्तो मुस्किलले चढेर जानुपर्ने पुलमुनी सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्ने नै प¥यो ।
सोमबार राति ८ बजेदेखि १०ः३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तवकि बेसहारा नभेटिए पनि दिनभर माग्ने पेशा अपनाएका, मजदूरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भएर सडकमा बसेका धेरै भेटिए । सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्याथी आवास केन्द्रमा लगिएको छ । यसअघि यसरी ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश सयोजक सुमन बर्तौलाले जानकारी दिए ।
केही दिनअघि मात्रै थापाथली पुनमुनी वाग्मती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो । काठमाडौँमा बेवारिसे मान्छे न्यून र पेशेवर मगन्ते तथा मजदूरी गरेर मदिरा खाई सडकमा सुत्ने धेरै भेटिएको छ ।
यहाँ मङ्सिर २९ गते काठमाडौं महानगर, मानवसेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएर बेसहाराको उद्धार गरी संरक्षण र मगन्तेहरुको व्यवस्थापन अभियान थालिएको छ । अस्थायी आवास केन्द्रमाप पु¥याउने छनोट गरी बेसहारालाई आश्रममा लगिने र अन्यलाई घरपरिवार पत्ता लगाएर सडकमा नआउने सर्तमा छाड्ने गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
त्यसलाई कार्यान्वयनको चरणमा अहिले उद्धार अभियान चलाइएको हो । तीन महिना उक्त अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा राति सडकमा सुत्नेहरुको उद्धार शुरु भएको र त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
काठमाडौ. महानगरले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र्र ९स्क्रिनिङ् सेन्टर० बनाएको हो । यसअघि आश्रमकै पहलमा पहिलो पटक २०७४ साल चैत ५ गते गोरखा नगरपालिका र सोही चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो ।
विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय, बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनःमिलन गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार