मुशर्रफ देशद्रोही हुनै सक्दैनन् : पाकिस्तानी आर्मी
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १४:२२:५५
२ पुस एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मंगलबार लाहौर उच्च अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएपछि पाकिस्तानमा विचार विभाजित भएको छ ।
केहीले यसको समर्थन गरेका छन् भने केहीले अदालतको फैसलाको विरोध गरेका छन्। पाकिस्तानको सत्ता र राजनीतिमा अति महत्वपूर्ण स्थान लिँदै आएको आर्मीले अदालतको फैसलाप्रति निराशा व्यक्त गरेको छ ।
पाकिस्तानको ७२ वर्षे इतिहासमा झण्डै आधा समय सत्तामा रहेको सेनाले पूर्व राष्ट्रपति मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला हुनु दुःखद रहेको भन्दै त्यसको निन्दा गरेको छ । पाकिस्तानको इतिहासमा आर्मीका पूर्व प्रमुखमाथि देशद्रोहको अभियोगमा मृत्युदण्डाको फैसला भएको यो पहिलो पटक हो । पाकिस्तानी सेनामा पूर्व अधिकारीहरुको प्रभाव रहेको ठानिन्छ ।
पाकिस्तानी आर्मीले मुशर्रफलाई मृत्युदण्ड दिने लाहौर उच्च अदालतको फैसलाप्रति टिप्पणी गर्दै आफ्ना पूर्व प्रमुख कुनै पनि हालतमा देशद्रोही या गद्दार हुनै नक्सने बताएको छ । ७६ वर्षका मुशर्रफ सन् २०१६ यता देश बाहिर छन् । उनले अधिकांश समय लण्डन र दुबाईमा बिताउँदै आएका छन् ।
अदालतको फैसलापछि पाकिस्तानी सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘फैसलाले सैन्य बल पीडा र दुःखमा छ ।’लाहौर उच्चअदालतका तीन न्यायाधीशको बेन्चले बहुमतका आधारमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
इस्लामावादको विशेष अदालतले सन् २०१४ मार्च ३१ मा देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो । जनरल परवेज मुशर्रफले सन् १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार