महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १८:१:२४
पुस ललितपुर । ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गरे ।
उनले महानगरपालिकाले साइकल चढ्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक योजना बनाएर अघि बढ्ने बताउँदै भने, “हामी सङ्घ र प्रदेश सरकारको कानूनसँग नबाझिने ऐन र कानून निर्माण गर्छौँ ।” साइकल लेन र ऐनको विषयमा सङ्घीय सरकार र प्रदेश सरकारले सोच्न पनि नसकेका बेला आफूले ‘भ्याली मेयर फोरम’को कार्यक्रममा सो विषय उठाएको महर्जनले बताए। आफूले अघि बढाएको योजना देखेर अन्य नगरपालिका र गाउँपालिकासमेत यसतर्फ आकर्षित भएको महर्जनको जिकिर छ ।
उनले थपे, “महानगरपालिकाभित्र नगर यातायात सञ्चालन गराउन यसको गुरुयोजना निर्माणको योजनामा हामी अघि बढेका छौँ ।” महानगरले ऐन, कानून, नीति तथा योजना बनाउँदा पहिला पैदलयात्री र त्यसपछि दोस्रोमा साइकलयात्रीलाई सहज तथा प्रोत्साहन पुग्ने वातावरण सिर्जना गराइने महर्जनले बताए ।
युएन ह्याबिट्याटका प्रतिनिधि पद्मसुन्दर जोशीले शहरी सडकको मापदण्डअनुसार ऐन निर्माण गर्न जोड दिनुपर्ने औँल्याए । उनले भने, “महानगरपालिकाले साइकलयात्रीको बीमाको व्यवस्था गर्नुपर्छ ।” विश्व साइकलयात्री पुष्कर शाहले साइकल आफैँमा सुरक्षित माध्यम रहेको बताए।
उनले भने, “मुलुकका हरेक जनताले एक दिन मात्र साइकल प्रयोग गरे भने १२ लाख लिटर डिजेल र पेट्रोल बचत हुन्छ र यसबाट उत्सर्जन हुने कार्बन कम गर्न सकिन्छ ।”
महानगरका संस्कृति संरक्षण केन्द्रका प्रमुख उपसचिव सहजीत राईले साइकल ऐन निर्माण गर्नुपूर्व कानूनविद्सँग छलफल गरी अघि बढ्न आग्रह गर्नुभयो । साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले महानगरका २९ वटै वडामा २० साइकल अट्ने साइकल पार्किङ स्टेशन बनाउनुपर्ने सुझाव दिए ।
साइकल व्यवसायी दिरेक मानन्धरले साइकलयात्रीलाई प्रोत्साहन गर्नका लागि हप्तामा एक दिन साइकल चढेर कार्यालय आउने व्यवस्था मिलाउनुपर्ने विचार व्यक्त गरे । उनले भने, “एशियाका शहरमध्ये ललितपुरसँग सबैभन्दा बढी साइकल फ्रेन्डली बन्ने अवसर रहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार