आप्रवासी कामदारको सुरक्षालाई ध्यान दिन सुझाव
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १९:५६:३६
२ पुस काठमाडौं । नेपालमा बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको विश्लेषण भएको ‘बसाइँसराइ अभिलेख’ सार्वजनिक गरिएको छ ।
नेपाल सरकारको समन्वयमा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ‘आइओएम’द्वारा तयार पारिएको सो अभिलेखलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सार्वजनिक गरे।
सान्दर्भिक तथ्याङ्क प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउन र बसाइँसराइलाई विकास योजनामा मूलप्रवाहीकरण गर्ने ध्येयले अभिलेख तयार गरिएको आइओएमले जनाएको छ । अभिलेखमा बसाइँसराइका प्रकार, विशेषतासम्बन्धी तथ्याङ्कीय स्रोतको पहिचान गरी तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ ।
चार भागमा विभाजित अभिलेखको पहिलो भागमा बसाइँसराइको प्रवृत्तिको तथ्याङ्क र विश्लेषण, दोस्रो भागमा बसाइँसराइले आर्थिक–सामाजिक तथा विकासका मुख्य सूचकमा परेको असर, तेस्रो भागमा बसाइँसराइलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीतिनिर्माताका लागि सुझाव दिइएको छ ।
सो अवसरमा मन्त्री यादवले श्रम आप्रवासनलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजागरीमा पठाउने नीति लिइएको बताउँदै विप्रेषणलाई उत्पादशनील क्षेत्रमा लगाउने जानकारी दिए ।
वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउँदै म्यानपावर कम्पनीलाई नियमन गरिने उनले बताए । मन्त्री रायले भने “सरकारले आफ्ना संयन्त्रमार्फत विगतदेखि नै आप्रवासी कामदारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । ”
नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङले सही तथ्याङ्क नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गर्दै बसाइँसराइ अभिलेखमा समोवश तथ्याङ्कका आधारमा नीति निर्माण तहमा पैरवी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “यही तथ्यमा आधरित अभिलेखलाई प्रयोग गरेर बसाइँसराइसँग नीति निर्माण गर्न तथा कानून सुधार गर्न आइओएमको भूमिका हुनुपर्छ”, उनले भने।
यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालरी जुलियन्टले बसाइँसराइ अभिलेखले नेपाल तथा विदेशमा रहेका आप्रवासी कामदारलाई हक अधिकार स्थापना गर्न सहयाग पुग्ने विश्वास व्यक्त गरे ।
करिव पाँच लाख युवाले बैदेशिक रोजगारीका लागि मुलुक छाड्ने गरेको तथ्याङ्क रहेको छ । गरिबी, बेरोजगारीलगायत कारणले नेपाली युवा विदेश जानुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको थियो ।
आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढङ्गबाट लैजान बसाइँसराइ अभिलेख तयार गरिएको हो भने। आप्रवासनले ‘स्रोत तथा गन्तव्य मुलुकलाई भलाइ गरोस्’ भन्ने नै आइओएमको चाहना रहेको उहाँले उल्लेख गरे।
बसाइँसराइलाई व्यवस्थित बनाउन सुझाव
अभिलेखमा बसाइँसराइलाई व्यवस्थित बनाउन २४ सुझाव दिइएको छ । नेपालमा विभिन्न तहमा आप्रवासनको विषयलाई हेर्ने निकाय छन् । आप्रवासनसम्बन्धी बृहत् नीति निर्माण गर्ने र संस्थागत समन्वय संयन्त्रको स्थापना गरी समन्वयात्मक ढङ्गबाट कामलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको छ ।
अभिलेखले आप्रवासी कामदारको सुरक्षाको प्रयासलाई थप प्रभावकारी बनाउन तथा सुरक्षित वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्न सुझाव दिइएको छ ।
अभिलेखमा वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप तथा क्षमताको पर्याप्त फाइदा लिन नसकिरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै लगानीका अवसर प्रदान गर्न र उचित रोजगारीको खोजी गर्नेतर्फ ध्यान दिन आग्रह समेत गरिएको छ ।
विद्यमान कानूनको उचित कार्यान्वयन र कानूनको पालना भए नभएको अनुगमन गर्ने सुनिश्चितता गर्नु आवश्यक भएको अभिलेखमा उल्लेख छ । आप्रवासनसँग सम्बन्धित कानूनको समीक्षा गरी थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको छ ।
विभिन्न सामग्रीको विस्तृत अध्ययन र विभिन्न तहका सरकारी निकाय, नागरिक समाज सम्बद्ध संस्था, ट्रेड युनियन, अनुसन्धानमुखी संस्था, राष्ट्रसङ्घीय निकाय र प्राज्ञिक व्यक्तित्वसँग विभिन्न चरणमा परामर्श गरी सो अभिलेख तयार पारिएको आइओएमले जनाएको छ ।
अभिलेखमा समेटिएको तथ्याङ्क सरकारको आयोजनामा सम्पन्न भएका राष्ट्रिय जनगणना, आवधिक सर्वेक्षण, प्रशासनिक अभिलेखलगायत स्रोतबाट लिइएको हो । एकासी मुलुकमा बसाइँसराइ अभिलेख तयार गरिएको पाइन्छ । नेपालको अभिलेखलाई विश्वमै उत्कृष्ट मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार