हुर्कियो गर्भको नासो, फर्किएनन् श्रीमान्
नेपालबहस संवाददाता
पुस २, २०७६ बिहिबार ४:११:३
२ पुस डोटी । शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो गर्भमा भएको श्रीमान्को नासो हुर्किए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै नफर्किंदा निकै चिन्तित बनेकी छिन। उनी हिजो आज घरमा एक्लै छन् ।
उनका श्रीमान् टेकबहादुर दडिमाना रोजगारीका लागि भारतको जोधपुर गएपछि उनी नितान्त एक्ली भएकी हुन् करिब १५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी महिसराले श्रीमानको सुख त परै जावास् अनुहारसम्म हेर्न नपाएको कम्तीमा पनि २० वर्ष भयो । “म तीन महिनाकी गर्भवती थिए, त्यतिबेला उनी ‘श्रीमान्’ घरबाट गएका हुन्”, महिसराले भनिन। साथीसँगीका बुबा भारतबाट फर्कंदा आफ्ना बुबा नफर्केपछि महिसराका छोरा गोपाल बाबा किन आएनन् भनेर सोध्ने गर्छन् ।
महिसरा छोरालाई फेरि कुनै बहाना बनाएर चुप लाउने गरे पनि तर जब गोपाल अली ठूला भए उहाँले भन्नै प¥यो सत्य कुरा । “यो २० वर्षसम्म न म बिधवा जस्ती भए न सधवा जस्ती” मलिन अनुहार बनाउँदै महिसराले थप भनिन, “श्रीमान् छन् भन्ने कि छैनन् भन्ने द्विविधा भएको छ ।” सिउँदोमा सिन्दूर त छ महिसराको तर त्यो सिन्दूर हाल्ने व्यक्ति कहाँ छ भन्ने अहिलेसम्म अत्तोपत्तो छैन उनलाई । विवाहलगत्तै महिसराका श्रीमान् टेकबहादुर घर छोडेर गएका परदेश गएका थिए ।
चार वर्षसम्म कुनै पत्तो थिएन । पछि आफैँ घर आउनुभएको महिसराले बताए। “त्यतिबेलै मेरा सुसुराले अर्को बिहे गर्न भनेका थिए,” उहिलेको कुरा सम्झँदै उनले गहभरि आँसु निकाल्दै भनिन, “म कहीँ गएन श्रीमान्को बाटो कुरेरै बसे तर उनी आएनन ।” चार वर्षपछि टेकबहादुर आए । सानै उमेरदेखि रक्सीको नशामा रमाउने बानी परेका टेकबहादुर धेरै दिन घरमा बसिन। फेरि कमाउने भन्दै घरबाट गए तर कहाँ गए भन्ने उनकी श्रीमती तथा अन्य गाउँलेलाई अहिलेसम्म अत्तोपत्तो छैन ।
बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ–बिहानको छाक टार्नु छ, महिसारले हिजोआज । माइती, देवर, जेठाजुको सहयोगमा महिसराले छोरालाई हुर्काइन, छोरालाई दुःख कष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाइ । “स्कुलमा कक्षा १२ को एक विषय लागेको थियो, चान्स ९ग्रेड वृद्धि० दिन पाउने भनेका थिए सरले, तर छोरो गोपाल पनि रोजगारीका लागि भारत गयो”, उनले भने, “मैले दुःख गरेर हुर्काए, पढाए पनि, पढाइमा राम्रै थियो तर बीचमै पढाइ छाडेर छोरा भारत गयो, मेरा फेरि दुःख शुरु भए ।”
उनी छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोज्थीन खुशी पनि मिल्न नसकेकामा उनी अहिले झन् दुःखी भएकी छिन्। श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना थियो महिसराको । पेट पाल्नकै लागि मुग्लान पस्नु पर्ने लाखौं युवाको पीडाले गोपाललाई पनि छोयो ।
महिसराको जस्तै अवस्था छ कृष्णा गिरीको पनि । करिब १६ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी कृष्णा पनि विगत १६ वर्षदेखि श्रीमान्को पर्खाइमा घरमा बसेकी छिन् ।
द्वन्द्वकालमा कृष्णाका श्रीमान् दीपक गिरी घरबाट केही नबोली चुपचाप निस्कए । गाउँतिरै डुल्दै होलान् भन्ने सोचेकी कृष्णाले श्रीमान् कहाँ गए अहिलेसम्म खबर पाएकी छैनन । दिन, महिना, वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ, तर दीपक घर फर्केर आएनन । दीपक घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मीलाई पनि अहिले १५ वर्ष पूरा भइसकेको छ ।
महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाले यस्तो पीडा खेपिरहनुपरेको बताउछन् । कपल्लेकी स्थानीयवासी चम्पा पार्की । तीन वर्षपहिले महिसरा र कृष्णाले श्रीमान्को खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका थिए । प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उनीहरुले अहिले श्रीमान् आउने आशा मारिसकेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले श्रीमान् तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँ र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजतलास गर्नमा समस्या भएको बताए ।
उनले भने, “घरका सदस्य हराएको भन्ने निवेदन ‘खबर’ आउँछ तर कहिले कहाँबाट भन्ने जानकारी आउँदैन तैपनि हामी हाम्रो क्षेत्रबाट खोजतलासका लागि पहल भइरहेका छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार