राष्ट्रपति ट्रम्पमाथि लाग्यो महाअभियोग
नेपालबहस संवाददाता
पुस ३, २०७६ बिहिबार १४:४५:३०
३ पुस एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीन अन्य राष्ट्रपतिले महाअभियोग प्रक्रियाको सामना गरेका थिए । तर कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन ।
रिचर्ड निक्सनले महाभियोगको चर्चापछि राजीनामा दिएका थिए । महाअभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो । डेमोक्रेटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रु जोनसन एक मतले महाभियोगबाट बचेका थिए । उनले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद् (कँग्रेस) मा द्वन्द्वको सामना गर्नुपरेको थियो । कँग्रेसले दक्षिणी राज्यका प्रतिनिधिद्वारा मतदान गरी निर्माण गरेका जातिवादी कानून ‘ब्लाक कोड’सहित जोनसनको पहलमा निर्माण भएका सबै कानूनमाथि ‘भिटो’ शक्ति लगाएको थियो ।
उक्त राजनीतिक सङ्कटमा जोनसनले आफ्ना युद्धमन्त्रीलाई नै बर्खास्त गरेका थिए । जसका कारण उहाँमाथि महाभियोगका लागि संसद्मा प्रस्ताव गरिएको थियो । यो नै संयुक्त राज्य अमेरिकाको इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाअभियोग प्रस्ताव थियो ।
सन् १८६८ को फेब्रुअरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसद्को तल्लो सदन) ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो । यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो । तर एक महिनाको सुनुवाईपछि सिनेटले मे महिनामा गरेको महाअभियोग प्रस्ताव पारितका लागि मतदानमा दुई तिहाइ पुग्न एक मत नपुगेपछि जोनसनको राष्ट्रपति पद जोगिएको थियो ।
उनले दोस्रो कार्यकालका लागि पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्न विफल भएका थिए । त्यसैगरी रिपब्लिकन राष्ट्रपति निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनः निर्वाचन हुनका लागि वासिङ्टनस्थित वाटरगेट भवन, जहाँ डिमोक्रेटिक पार्टीको मुख्यालय थियो, मा भएको चोरी काण्डमा उनको दलले नै चोर पठाएको इन्भेस्टिगेटिभ रिपोर्टिङ (खोजी पत्रकारिता) को समाचार आएको थियो ।
उनले उक्त घटनालाई अनुसन्धान गर्नमा रोक लगाएपछि अमेरिकी अदालतले उनको कार्यालयमा भएको वार्तालापको गोप्य रेकर्डमा चोरीका लागि उनी र उनका वरिष्ठ सल्लाहकारको नै संलग्नता भएको प्रमाण अदालतले चोरसँग लिएको बयानमा उपलब्ध भएपछि उहाँमाथि महाअभियोग लगाउने पक्का भएको थियो । तर प्रस्तावको पक्षमा आवश्यक मत पुग्नसक्ने अवस्थामा अन्तिममा आएर उहाँले अगस्ट ९ गते राजीनामा दिएका थिए ।
सन् १९९९ मा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेर कम भएकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेकोबारे झूटो बयान दिएको आरोप लागेको थियो । तर क्लिन्टनको दलले उनीविरूद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरूद्धको आरोप भने पुष्टि हुन सकेको थिएन । क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट बिदा भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
भारतमा निर्मित आईफोनको निर्यात एकै वर्षमा दोब्बर
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा तमानखोला ओझेलमा
बैशाख ६, २०८१ बिहिबार
शोभायात्रा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले जनायो आपत्ति
बैशाख ६, २०८१ बिहिबार