समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
पुस ३, २०७६ बिहिबार १८:४२:४५
३ पुस बर्दिया । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-८ सुरजपुरमा बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा ‘शितलहरबाट बचौं र बचाऔं’ भन्ने बिषयमा अडियो तथा जिगंल समेत सुनाइएको थियो । साथै सो अवसरमा “हाम्रो आवाजः चेलिवेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा असुरक्षित आप्रवाशन बिरुद्ध सप्ताहव्यापी सचेतना अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया नगरपालिका-८ सुरजपुर स्थित माईती नेपालका संयोजक सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ओरेक नेपालका संयोजक शर्मिला शर्मा, स्थानिय भद्रभलादमी, बुद्धिजिवि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत ५ जनालाई नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
ललितपुर र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी खरीबोटस्थित सडकमा बिहीबार बिहान बा.२ ज २८०६ नम्बरको ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिलालाई उपचारको
लागि पाटन अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको छ । ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रे, खानिखोला गाउँपालिका-५ माझगाउँस्थित सडकमा ना.३ त ९१०३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा सोही ट्याक्टरको टेलरले च्यापियर ट्याक्टरमा सवार खानिखोला गाउँपालिका-४ जगथली बस्ने २८ वर्षीय दुधलाल भोलनको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका-२८ टुकुचा तरकारी बजारस्थित एचबि मासु पसलबाट नगद ३ लाख रुपैयाँ बिहीबार बिहान चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित पुरानो वडा कार्यालयको जस्ताले छाएको टहरोमा बुधबार राति आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, कंचनरुप नगरपालिका-२ महादेवापट्टी बस्ने बिलाल शेखको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-८ सिद्धिपुर डाँडा बस्ने राममाया राईको घरमा बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, धनुषाधाम नगरपालिका-५ उमाप्रेमपुर बस्ने राम नारायण महराको फुसको घरमा बुधबार राति आगलागी हुँदा घर पुर्णरुपमा जलेर करिब ४ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, छिपहरमाई गाउँपालिका-तुल्सीबार्वा बस्ने चोक मियाँको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काभ्रे, बनेपा नगरपालिका-७ चारदोबाटो बस्ने रोशन श्रेष्ठको घरमा रहेको फर्निचर पसलमा करेन्ट सर्ट भई सोही घरमा रहेको टिभी-फ्रिज पसल, कपडा(जुत्ता पसल र मोवाइल पसल समेतमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट ४ वटा पसल पूर्णरूपमा जलेर क्षति भएको छ ।
दैलेख, नौमुले गाउँपालिका-८ चौराठा घर भई नारायण नगरपालिका-१ हाईस्कुल अगाडि बस्ने तारा प्रसाद अधिकारीको फेन्सी पसलमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार