दुर्गमलाई सुगमसँग जोड्ने टेलिफोन सेवा तीन दिनदेखि ठप्प
नेपालबहस संवाददाता
पुस ३, २०७६ शुक्रबार २:३५:४७
३ पुस डोल्पा । हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । गत मङ्गलबार दिउँसोदेखि गएको मोबाइल टावर अझैसम्म नआएपछि सिङ्गो डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन भएको हो ।
सदरमुकाम दुनै, जुफाल, खदाङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोन सेवा सञ्चालन नभएकाले फोन तथा इन्टरनेट सेवा ठप्प भएको छ । “मङ्गलबार दिउँसोबाट मोबाइल टावर गएको हो, अझै आएको छैन, दुर्गमलाई सुगमसँग जोड्न टेलिफोन सेवा नै नभएपछि नागरिकहरु समस्यामा परेका छन्”, त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले भने ।
मङ्गलबारदेखि डोल्पामा लेन्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, ए.डि.एस.एल इन्टरनेट सेवालगायत कुनै पनि सञ्चार सेवा छैन । अवरुद्ध टावर सञ्चालन गर्नका लागि डोल्पाका विभिन्न ठाउँमा राखिएको टावरमा पुगेर जाँच गर्ने काम भइरहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए ।
जुम्ला–डोल्पा र जुम्ला–कालिकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका माइक्रोवेभ टावरमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । तीन दिनदेखि कुनै पनि सञ्चार सुविधा नभएपछि डोल्पाली नागरिकको दैनिकी कष्टकर बनेको छ ।
दुर्गममा लामो समयसम्म टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको सिरहा जिल्लाबाट डोल्पा अध्यापन गर्न आउनुभएका शिक्षक रामनाथ यादवले बताए ।
सुविधाका नाममा रहेको मोबाइल सेवासमेत ठप्प भएपछि घरमा रहेका आफन्तहरुसँग समेत कुरा गर्न समस्या भएको उनको भनाइ छ । मोबाइल सेवासँगै इन्टरनेट सुविधासमेत बन्द भएपछि विभिन्न स्थानीय तह र सदरमुकाम दुनैस्थित सरकारी तथा गैरसरकारी कार्यालयको काम काजसमेत ठप्प भएको छ ।
डोल्पामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुई–तीन पटकसम्म मोबाइल सेवा ठप्प हुने गरेको छ । पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई डोल्पालीले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार