आज पनि दिल्लीमा विशाल प्रदर्शन हुँदै
नेपालबहस संवाददाता
पुस ४, २०७६ शुक्रबार १३:५५:१२
४ पुस एजेन्सी । नागरिकता संशोधन कानुनको विरोधमा भारतका विभिन्न स्थानमा लगातार प्रदर्शन भइरहेको छ । बिहीबार अलग–अलग संगठनका तर्फबाट देशव्यापी विरोध प्रदर्शन भयो ।
ती विरोध प्रदर्शनहरुमा अहिलेसम्म तीनजना मारिएका छन् । सयौँ प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच विरोध प्रदर्शन बढेपछि प्रशासनले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा धारा १४४ लागु गरेको छ।
थुप्रै स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ । दिल्लीमा रेल्वे सेवा पनि बन्द गरिएको छ । समाचार एजेन्सी अमर उज्यालाका अनुसार कर्नाटकमा विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि दुईजनाको मृत्यु भएको छ ।
केही प्रदर्शनकारीले प्रहरीचौकीमा आगजनीको प्रयास गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ। त्यहाँ अहिले कर्फ्यू लगाइएको छ ।
एक अर्का व्यक्तिको मृत्यु उत्तरप्रदेशको राजधानी लखनउमा भएको छ । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडपमा क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।
यसैबिच, नागरिकता समाधानका लागि शुक्रबार पनि नयाँ दिल्लीमा दुई ठूला प्रदर्शन हुने भएका छन् । आज दिउँसो १ बजे दिल्लीको आर्मीको साइडबाट जामा मस्जिद गेट नम्बर १ देखि जंतर-मंतर सम्म र साँझ ५ बजे अर्को पक्षका केहि संगठनहरुद्धारा राजीव कुञ्जी मेट्रो स्टेशन गेट ७ मा प्रदर्शन गर्न आह्वान गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार