पीपीएल क्रिकेटमा काठमाडौंद्वारा विराटनगर पराजित
नेपालबहस संवाददाता
पुस ५, २०७६ आइतबार १:३५:६
५ पुस कास्की । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ‘पिपिएल’ टी २० क्रिकेट प्रतियोगिताको आजको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर व्याटिङ रोजेको काठमाडौंले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रन मात्र जोड्न सफल भयो ।
चार खेल खेलको काठमाडौँ दुई खेलमा जीत तथा दुईमा हारसँगै ४ अङ्क जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलकोसमेत समान चार अङ्क रहे पनि रनरेटमा काठमाडौँ अघि छ । काठमाडौँ पहिलो खेलमा पोखरा पल्टनसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो भने तेस्रो खेलमा धनगढीलाई पराजित गरेको थियो ।
विराटनगर पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भएको थियो । इनिङ्सको एक दशमलव चार ओभरमा शुरुआती व्याट्सम्यान मुहमद जैद आलम र सुनिल धमला मात्र चार रन जोडेर बाहिरिनुभएपछि विराटनगरले खराब शुरुआत ग¥यो । तर मध्यक्रममा व्याटिङ सम्हाल्न आउनुभएका नोमान खान र पुनित मेहराले सातौँ विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङमाथि उकासे पनि जीतका लागि पर्याप्त हुन सकेन ।
मेहराले ३१ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका थिए भने खानले २६ बलमा २५ रन जोडे । त्यस्तै तेस्रो क्रममा व्याटिङमा आएका कप्तान प्रदीपसिंह ऐरीले २७ बलमा २९ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन ।
काठमाडौंका सुवोध भाटीले तीन तथा अमर रौटेला र वसन्त रेग्मीले समान दुई र अमृत भट्टराई र सुशान भारीले एक÷एक विकेट लिएका थिए । काठमाडौँका शुरुआती व्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा खाता नै नखोली पेभिलिएन फर्किए पनि कप्तान ज्ञानेन्द्र मल्ल र जयकृष्ण कोल्शावालाले टोलीका लागि महत्वपूर्ण ६६ रनको साझेदारी गर्दै टोलीका लागि सम्मानजनक स्कोर तयार गर्न योगदान दिएका थिए ।
पुनित मेहराको बलमा शाह आलमबाट क्याच आउट हुनुअघि कोल्सावालाले ४३ बलमा ५५ रन अर्धशतक तयार गरेका थिए । मल्लले तीन चौका र दुई छक्कासहित ३३ बलमा ४५ रन जोडेका थिए । विराटनगरका मेहराले दुई तथा किशोर महतो, जीतेन्द्र मुखिया र नोमान खानले एक÷ एक विकेट लिन सफल भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार