ठूलीगाड नदीमा माछा मार्न प्रतिबन्द
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार १५:११:४४
६ पुस डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्द लगाइएको छ । जलीय जैविक विविधता संरक्षण गर्न बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा माछा मार्न बन्द गर्ने निर्णय गरेका हुन् ।
जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा ती दुई स्थानीय तह संयुक्त रुपमा जुटेका हुन । अब नदीमा तथा खोलामा बम विष्फोट गरी, विषादी प्रयोग गरी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
उनले भने, “हामीले छुट्टै कानून बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराएका छौँ, कानूनविपरीत काम गर्ने जो–कोहीलाई कारवाही हुनेछ ।” ती पालिकाले संयुक्त रुपमा जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन् ।
गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानून बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए। उनले भने, “हामीले जलचर संरक्षण ऐन, नीति र कार्यविधि तयार गरेर जलीय जैविक विविधता संरक्षणको जिम्मा स्थानीयवासीलाई दिएका छौँ, स्थानीयवासीको पनि सक्रियता बढेको छ ।”
पछिल्लो समयमा विभिन्न विष्फोटक पदार्थ, करेन्ट लगाएर माछालगायत अन्य जलचर प्राणी मारिन थालेपछि र लोप हुने अवस्था आएको भन्दै स्थानीय तहले नीति बनाएर संरक्षणमा लागेका हुन् । माछा मार्दा नदीमा विष प्रयोग गरिदिने, जाल प्रयोग गर्ने त कसैले करेन्ट लगाउनाले माछाका बच्चा मर्ने भएकाले माछा लोपोन्मुख अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।
स्थानीय तहले बनाएको ऐनमा नदीमा बम, विषादी प्रयोग गरी माछा मार्नेलाई कानूनबमोजिम कारवाहीसहित जेल सजायसमेत हुने उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
चैत ५, २०८० सोमबार
मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न
फागुन २१, २०८० सोमबार
सुस्मिताको उपचारका लागि स्वीट्जरल्याण्डबाट सहयोग
फागुन १०, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार