हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न माग
नेपालबहस संवाददाता
पुस ६, २०७६ सोमबार १:१९:२०
६ पुस काठमाडौं । नेपाली कांग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा चीन सरकारसँग आवश्यक प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी नेपालीलाई हङकङमा भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौँदेखि मकाउ जान र मकाउदेखि काठमाडौँ आउन हालसम्म सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाले कठिनाई भोग्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मकाउमा ‘वर्क प्रमिट’ प्राप्त गरी करीब चार हजार नेपाली युवा रोजगारीमा छन् ।
काठमाडौंँ–हङकङ–मकाउ÷मकाउ–हङकङ–काठमाडौँ सबै भन्दा पायक पर्ने र सहज रुटमा रहेको उल्लेख गर्र्दै प्रमुख सचेतक खाँणले सो रुट भएर यात्रा गर्न नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएको प्रमुख सचेतक खाँणले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार