कुखुरा र अण्डा व्यवसायी विचौलियाको चरम मारमा
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १६:५८:६
शीला रेग्मी / रासस
७ पुस बेझाड । कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् ।
बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा रहेको छ । बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउछन् । “कुखुरा बिक्री गर्न लायकका छन्, १६० दिँदा पनि व्यापारीले लैजान मानेका छैनन्, दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी सङ्कटमा परेका छौँ”, उनले भने ।
उहाँको फार्ममा हाल एक हजार कुखुरा छन् । करिब रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाउनुभएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित छन् । उनले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका करिब तीन हजार कुखुरा पालेका छन् अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उनले बताए ।
“रामपुरमा दैनिक आठ हजारसम्म अण्डा आवश्यकता भए पनि स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ, नगरपालिकाले निश्चित दरभाउ कायम गरिदिनुपर्ने र नियमित रेखदेख गरेमा मात्र कृषकले बजार मूल्य पाउने छन्”, उनले भने । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा रु नौ मा बिक्री भइरहे पनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य छन् ।
रु एक हजार १३५ दानाको मूल्य रहँदा रु १२० मा प्रतिकिलो जिउँदो कुखुरा बेच्नुभएका रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले अहिले दानाको मूल्य बढेर तीन हजार ५७५ पुग्दा पनि प्रतिकेजी रु १६० मा बिक्री गर्नुपर्दा कृषक मारमा परिरहेको बताउछन् । “केही होला कि भनेर व्यवसाय गर्ने हो, कुखुराको दानापानीको मूल्य आकाशियो तर कृषकको उत्पादनले कहिल्यै बजारमा लागतअनुसारको मूल्य पाउन सकेन, व्यवसाय गरेको उल्टै घाटा बेहोर्नुपरेको छ”, उनले भने ।
नगरपालिकाले निश्चित मापदण्ड बनाएर बाहिरबाट आउने कुखुरा, अण्डा नरोक्दासम्म यहाँको उत्पादनले बजार नपाउने व्यवसायीले जनाएका छन् । रेखदेख, व्यवसायीको परिश्रम त परै जाओस् दानापानी खरिदको मूल्य पनि उठाउन नसकिरहेको व्यवसायीको गुनासो छ ।
अहिले रामपुर क्षेत्रमा कुखुरापालन गर्ने व्यवसायी विचौलियाको चरम मारमा छन् । विदेशबाट फर्केर गाउँमै सम्भावना बोकेर केही गर्न खोजेका युवा कुखुराले बजार मूल्य नपाउँदा पुनः विदेश नै फर्कने मनस्थिति बनाउन थालेका छन् ।
गाउँमा सडक पुगेपछि स्थानीयमा खुशियाली
जिल्लाको पूर्वखोला गाउँपालिका–२ को साठीकोलमा सडक पुगेपछि स्थानीयमा खुशियाली छाएको छ । दुर्गम र विकट क्षेत्रमा बसोबास गरेका यहाँका स्थानीयले सडक समस्याका कारण हैरानी खेप्दै आइरहेका थिए । सडक पुगेपछि सहजरुपमा सवारीसाधनमा यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य वस्तु शहर बजार लैजान सजिलो हुने बाटो उपभोक्ता समितिका अध्यक्ष दानबहादुर ठाडा बताउछन् ।
गाउँपालिकाको केन्द्र रिङ्नेरहबाट दुई घण्टाको उकालो पैदल हिँडेर साठीकोलमा पुगिन्छ । वडा कार्यालय पुग्न करिब दुई घण्टाकै पैदल हिँडेर समय खर्चन बाध्य स्थानीयवासी अब सडकको सुविधा पुगेपछि विकासको अनुभूति गर्न थालेका छन् ।
ठूला ठूला पहाडको खोचमा बस्ती रहेकाले कठिनाइका बाबजुत पनि गाउँमा सडक पु¥याउन सफल भएको वडाध्यक्ष निरबहादुर सारु बताउछन्। यस वर्ष गाउँपालिकाबाट रु २५ लाख र वडा कार्यालयबाट रु २५ लाख गरी ५० लाख बराबरको रकम विनियोजन गरी सडक निर्माण गर्ने काम भएको अध्यक्ष सारुले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार