हिल्सानाका सुनसान, चिसो छल्न सबै बेँसी झरेँ
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १४:४१:१
८ पुस सिमकोट । चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो ।
यहाँ मंसिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् । सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको छ । उत्तरी हिल्सानाका क्षेत्र आसपासमा अहिले चार फिट हिउँ जमेको छ । हिमपातले हिल्सानाका मात्रै नभएर जिल्लाको टाके, न्यारु, चुवाखोलालगायत उच्च हिमाली भेगमा रहेका सीमामा पर्ने नाकाका बाटाहरु हिउँले बन्द छन् ।
हुम्लीहरुको आयस्रोतको रूपमा हेरिने हिल्सानाका हिमपातले छ महिना बन्द र छ महिना सञ्चालनमा आउने गदर्छ । हुम्लीहरु वैशाखको अन्तिमदेखि काम र व्यापारका सिलसिलामा हिल्लानाका भएर चीनको ताक्लाका जाने गर्दछन् ।हिल्सानाकामा यहाँका स्थानीयवासीले होटल, पसल व्यवसायसमेत गर्ने गर्दछन् । चीनको सीमानाका हिल्सामा मात्रै ४० होटल तथा पसल रहेको कैलाश होटलका सञ्चालक कार्मा तुन्डुप लामाले बताए।
हिउँ पर्न थालेपछि होटल कुरुवा एक जना रहेको अन्य सबै कामदार र होटल मालिक कोही शहर त कोही बेँसीतिर झरेको उनले बताए । उनले भने,“बर्खाको सिजनमा होटल व्यवसायीबाट राम्रो आम्दानी हुने भएकाले जेठबाट यी होटल सञ्चालनमा आउने र मंसिरदेखि पुस पहिलो सातासम्म होटल बन्द गरेर बेँसी झर्ने गर्दछन् । ”
वैशाखको अन्तिम र जेठ पहिलो सातादेखि कैलाश मानसरोवर दर्शनका लागि जाने विदेशी तथा स्वदेशी पर्यटकको मुख्य बाटो पर्ने भएकाले पनि जेठदेखि असोजसम्म यहाँ रहेका होटल तथा पसल भरिभराउ हुने गर्दछन् ।
चिसो बढेपछि प्रहरी चौकी पनि सारियो
अत्यधिक हिमपात भएर चिसो बढी हुने भएकाले सिमानाकामा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन् । सदरमुकाम सिमकोटभन्दा बढी हिमपात हुने भएकाले प्रहरी चौकीमा कार्यरत प्रहरीले चिसो खप्न नसकी वर्षेनी हिउँदको समय छ महिना सिमकोट सारिने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले जानकारी दिए ।
यस्तै हिस्सामा रहेको भन्सार कार्यालयमा रहेका कर्मचारी पनि बेँसीतिर झरेका छन् । करीब आठ वर्षपछि हुम्लामा मंसिर महिनामै अत्यधिक हिमपात भएकाले जिल्लामा चिसो बढेको छ । पुस, माघ, फागुन तीन महिनामात्रै हिमपात हुने भएता पनि यो वर्ष मङ्सिरै भारी हिमपात हुँदा उत्तरी क्षेत्रका बस्तीको जनजीवन थप प्रभावित बनेको छ । यहाँ बिहान–बेलुका बढी चिसो हुनुका साथै तापक्रम माइनस १० डिग्रीमा झरेको छ ।
उत्तरी क्षेत्रमा रहेका तिल, जान, हल्जी, यारीमुचु, याङ्गारलगायतका बस्तीमा मानिसको बसोबास पातलिएको छ । उत्तरी क्षेत्रका मानिस प्रायःजसो हिउँदको समयमा चिसो छल्न र व्यापारको सिलसिलामा तराई–मधेस जाने गर्दछन् । तातो मौसम शुरु भएपछि जिल्ला भित्रने र छिमेकी राष्ट्र तिब्बतमा कामको सिलसिलामा जाने गर्दछन् ।
यस्तै जिल्लाको चङ्खेली गाउँपालिकाको टाकेनाकामा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि बेँसीतिर झारिएको छ । जिल्लाका उच्च क्षेत्रमा रहेका व्यापारी नाकाबाट आयात हुने मदिराको आयात पनि यो वर्ष ठप्प रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार