इन्डोनेसियामा बस दुर्घटना हुँदा २५ को मृत्यु, १४ जना घाइते
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १९:५:५६
८ पुस एजेन्सी । बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् ।दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए ।
दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ । यस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या २४ पुगेको प्रहरीले पुष्टि गरेको छ । तर स्थानीयले भने २५ जनाको शव भेटिएको जानकारी दिएका छन् । उद्धारकर्ताहरुले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्वीरहरु सार्वजनिक भएका छन् ।
प्रहरी तथा उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य अझै जारी राखेका छन् भने केही व्यक्ति हराईरहेको बताइएको छ । त्यसैगरी केही व्यक्तिहरु बसमै च्यापिएको उद्धारकर्ताहरुको भनाई छ । घटनास्थलबाट जिवितै उद्धार गरिएका घाइतेहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।
दुर्घटना भएको अवस्थामा यस बसमा झण्डै ५० यात्रु रहेका अनुमान गरिएको छ । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभाको सुकाबुमी क्षेत्रमा पनि यसअघि गत सेप्टेम्बरमा पनि दुर्घटना भएको र कम्तीका २१ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार