उपेन्द्र यादवले सरकार छाडे
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार २०:२:५९
८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ज्यादै अपमान र बेइज्जत गरेको निश्कर्ष निकाल्दै अन्ततः उपेन्द्र यादवको समाजवादी पार्टी (फोरम) सरकारबाट बाहिरिने भएको छ ।
गतसाता मात्र क्याविनेट मै प्रधानमन्त्री केपी ओलीको हप्काई खाएका उपप्रधानमन्त्री यादवले संविधान संशोधनको बहानामा सरकारबाट बर्हिगमन खोजेका थिए । सत्तारुढ दलदेखि अन्य पार्टीसँग पनि कुनै सरसल्लाह नगरी संविधान संशोधनको ठाडो प्रस्ताव मन्त्रीपरिषदमा लगेपछि उनले प्रम ओलीको हप्काई खाएका हुन् । यसलाई उपेन्द्रको सरकारबाट बाहिरिन प्रमसँग जानाजान निँहु खोजेको अर्थमा राजनीतिक वृतमा लिईएको थियो ।
आज बिहान बसेको पार्टी उच्च पदाधिकारीको बैठकले अब सरकारमा टाँस्सिनुको कुनै अर्थ नरहेको ठहर गर्दै बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीको कार्यशैलीको सरकारमै बसेर चर्काे आलोचना गर्दै आएका यादवले अब भने अप्रिय निर्णय लिन बाध्य भएका हुन् ।
यादव र ओलीबीच पछिल्लो समय सम्बन्ध चिस्सिएको थियो । केही समय अघि भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओलीले यादवसँग कुनै सल्लाह नै नगरी स्वास्थबाट कानून, न्याय तथा संसदीय मन्त्रालयमा उनको सरुवा गरेका थिए । साथै , फोरमले पाएको एउटा राज्यमन्त्री पनि उनले खोसी दिएका थिए ।
त्यसपछि यादवलाई सरकारबाट बाहिरिन ठूलै दवाव परेको भएपनि निर्णय गर्न सकिरहेका थिएनन् । साथै , प्रधानमन्त्री ओलीले फोरमलाई अब सरकारबाटै गलहत्याउने सुँइको यादवले पाईसकेका थिए ।
त्यसको संकेत ओलीले अर्काे मधेस केन्द्रित दल राष्ट्रिय जनता दलसँग बढाएको हिमचिमबाट दिईसकेका हुन् । सरकारमा फोरमलाई राखेपनि राष्ट्रिय सभाको चुनावमा भने राजपासँग गठबन्धन गर्ने ओलीको निर्णयले धेरै कुराको संकेत गरिसकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार