चिनियाँलाई थुनामा राख्न पाँच दिनको म्याद थप
नेपालबहस संवाददाता
पुस ८, २०७६ बुधबार २:२८:५१
८ पुस काठमाडौं । शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका ६ जना महिलासहित १ सय २२ चिनियाँ नागरिकमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंँले मंगलवार पाँच दिनको म्याद थप गरेको छ ।
प्रहरीले उनीहरुमाथि अभद्रव्यवहार मुद्दा अन्तरर्गत अनुसन्धान शुरु गरेको छ । अभियुक्तहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय प्रहरी वृत्तहरू बालाजु, सोह्रखुट्टे, महाराजगन्ज र दरवारमार्गको प्रहरी हिरासतमा राखिएको छ ।
काठमाडौं परिसरका अतिरिक्त सम्वन्धित वृत्तहरुबाट मुद्दाको अनुसन्धान शुरु गरिएको छ । परिसरका प्रमुख उत्तमराज सुवेदीले मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठबाट पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा ल्यापटप र विद्युतीय उपकरण बरामद घटना शंकास्पद रहेको बताए ।
‘उनीहरूको गतिविधिका बारेमा अनुसन्धान गर्न प्रहरीले विहान दोभाषेको सहयोग लिए पनि थप विवरण खुल्न सकेन’ परिसर प्रमुख सुवेदीले भने– पक्राउ परेका चिनियाँ नागरिकको शंकास्पद गतिविधिका विषयमा थप सूचना विवरण लिन केन्द्रीय अनुसन्धान ब्यूरोसंग छलफल भइरहेको छ ।
काठमाडौँको अन्य स्थानमा पनि घरभाडामा लिएर चिनियाँ नागरिकले शंकास्पद गतिविधि सञ्चालन गरिरहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । नेपालमा रहेका करीव दुईहजार चिनियाँ नागरिकको गतिविधि शंकास्पद देखिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले शंकास्पद गतिविधिमा संलग्न प्रायः सबै जना भिजिट भिषामा नेपाल आएको जानकारी दिए । उनले यस्तो ब्यक्तिको संख्या दुईहजार रहेको बताए ।
विशेष गरी युवा उमेरका महिला र पुरुषको संलग्नता बढी देखिएको छ । घर, कोठा, फल्याट तथा सटर भाडामा लिई उनीहरू व्यापार व्यवसायका अतिरिक्त नेटवर्किङ ब्यापार, अनलाइन जुवा, अनलाइन ठगी र ह्याकिङ अपराधमा संलग्न रहेको पाइएको छ ।
उनीहरूको अनलाइन ठगी, जुवा र ह्याकिङबाट चिनियाँ नागरिक नै पीडित हुने गरेको पाइएको छ । नेपालको भूमि प्रयोग गरी आफ्नै देशका नागरिक विरुद्ध अपराध गरेको देखिन्छ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।
समूह–समूह बनाएर नेपाल आएका चिनियाँहरूले अनलाइन ठगी र अनलाइन जुवा ‘ग्याम’बाट सर्वसाधारणलाई बढी पीडित बनाउने गरेको पाइएको छ । चीनमा पक्राउ पर्ने डरले दक्षिण अफ्रिका र पूर्वी एसियाको विभिन्न देशमा लुकिछिपि बस्ने गरेका छन् ।
तर, पछिल्लो समयमा नेपाललाई पनि सुरक्षित भूमिको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । ठमेलको ज्याठा गल्लीमा होटल, रेष्टुराँ, कार्गो र अनलाइन व्यापार व्यवसाय सञ्चालन गर्दै आएका धेरैजसो चिनियाँ नागरिकका शंकास्पद गतिविधिमाथि प्रहरीले निगरानी राखेको छ ।
बैकिङ ह्याकिङदेखि सुन, दुर्लभ बन्यजन्तुको ओखटेपहार, जडिबुटी र अबैध डलर तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको छ । उनीहरुका गतिविधिप्रति चीन सरकार समेत गम्भीर देखिएकाले सोमवार एकैपटक एकसय २२ जना पक्राउ परेका हुन । केही ब्यक्ति भागेको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार