आज पीपीएलमा लिग चरणको अन्तिम एक खेल हुँदै
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १४:५१:२६
९ पुस काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट ‘पीपीएल’मा आज ‘बुधबार’ लिग चरणको अन्तिम एक खेल हुदैछ ।अन्तिम खेलमा वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा बिहान साढे ११ बजे सुरु हुनेछ ।
यसअघिनै प्लअफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ । सोही कारण वुटवललाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्य सहित विराटनगरले लिग चरणको अन्तिम खेल खेल्दैछ ।
वुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ ।
चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ । वुटबल ब्लास्टरले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ । तेस्रो स्थानमा रहने टोलीले वुटवलसंग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ४ अंक सहित प्लेअफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्र्दै विराटनगरसंग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ ।
वुटवलको नेतृत्व सोमपाल कामीले गर्नेछन् भने विराटनगरको कप्तानी प्रदीप ऐरीले गर्नेछन् । अन्तिम खेलको नतिजाले ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौं गोल्डेनको भाग्य निर्धारण हुनेछ ।
विराटनगरले लिग चरणमा पोखरा पल्टनलाई मात्र पराजित गर्न सक्यो । वुटवलले चितवनसंगको मात्र एक खेल गुमाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार