मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो
नेपालबहस संवाददाता
पुस ९, २०७६ बिहिबार ०:४३:४५
९ पुस काठमाडौं । शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ । यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १–१ को बराबरीमा खेलेको थियो ।
मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक÷एक गोल गरे । खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए।
त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गरे । कप्तान विराज महर्जनको ब्याक पासमा उनले गोल गरेका थिए । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाए । पराजित फ्रेन्डसले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो । खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार