इन्टरपोलको छलफलअनुसार प्रहरीको निगरानी
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १२:२६:४३
१० पुस काठमाडौं । चिलीमा भएको इन्टरपोलको ८८ औँ महासभा बैठकमा नेपाल चीनका प्रहरी अधिकारीबीच दुई देशमा हुने अपराधलाई नियन्त्रण गर्न भएको छलफल अनुसार निगरानी गर्दा साइबर अपराधमा सङ्लग्न १२२ चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पत्रकार सम्मेलन गरी साइबर अपराधमार्फत आफ्नै देशका धनी मानिस र एकल महिलालाई अनलाइनमा लगानी गर्दा धेरै नाफा हुन्छ भन्दै प्रलोभनमा पारेर ठूलो रकम ठगी गर्ने १२२ जनालाई पक्राउ गरेको जानकारी दिइएको हो । पक्राउ पर्नेमा ११४ पुरुष र ८ महिला छन् ।
सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले इन्टरपोलको बैठकमा भएको छलफललाई आधार बनाएर सुक्ष्मरूपमा अनुसन्धान गर्दा गैरकानूनी रुपमा साइबर अपराधमा लाग्ने चिनियाँलाई पक्राउ गरिएको जानकारी दिए ।
“प्रहरीको तीन महिनाको अथक प्रयासपछि उनीहरुलाई मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठका ९ वटा घरबाट नियन्त्रणमा लिन सफल भएका छौँँ,” उनले भने । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रमुख शाहीले पक्राउ परेका सबै ‘भिजिट भिसा’मा नेपाल आएर बसेको बताए । पक्राउ परेकासँग प्रहरीले मोबाइल ७४७ थान, ल्यापटप ३३१ थान, सिपियू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ थान र राहदानी ६७ थान बरामद गरेको छ ।
पक्राउ परेका व्यक्ति अन्य अपराधमासमेत सङ्लग्न रहेको हुन भन्दै अनुसन्धान भईरहेको छ । पक्राउ परेकालाई नेपालको प्रचलित कानुनअनुसार कारवाही गरिने ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार