ए डिभिजन लिग फुटबलमा दुईवटा खेल हुुँदै
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १५:२४:२९
१० पुस काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार पनि दुईवटा खेल हुुँदैछन् । तेस्रो चरण अन्तर्गत बिहीबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १२ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
बिग्रेड पहिलो खेलमा मच्छिन्द्र क्लबसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा फ्रेण्डसमाथि २–० को जित दर्ता गर्दै तीन अंक जोडेको थियो । मनाङ गएको सिजनको लिग विजेता हो । मनाङले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबलाई १–० ले पराजत गरेको थियो ।
बिहीबार हुने अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीमाथि १–० को जित दर्ता गरेको थियो ।
जावलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा सरस्वती युवा क्लबमाथि १–० को जित निकालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार