भद्रपुर र भीमदत्तनगरबाट ४ सय ५२ जनाको उद्धार
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १७:५:८
१० पुस भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ ।
बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको बताए ।
“बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी पारिवारिक मिलनसमेत गरायौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने, “दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ ।”
भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुगेको यथार्थ उनले सुनाए । कञ्चनपुरको सीमानाकाबाट माइती नेपालले मुलुकका ४५ जिल्लाका महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।
“पहिलेको भन्दा अहिले सुदूरपश्चिममै बेचबेखिनको उच्च जोखिम बढेको छ”, संयोजक भट्टले भने, “स्थानीय तहका जनप्रतिनिधिले पनि उमेर नपुगेकालाई रोजगारीका लागि देश बाहिर जान सिफारिस गर्दा नियन्त्रणमा चुनौती थपियो ।” माइती नेपालले उद्धार गरेकामध्ये १५५ महिला तथा बालबालिका सुदूरपश्चिम प्रदेशका रहेको तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलाली बेचबिखनको बढी खोजिममा रहेका छन् ।
“भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढी हुँदैछ”, उनले भने, “काठमाडौँमा बस चढाउने र दिल्लीमा ‘रिसिभ’ गर्ने क्रम बढेकाले सरकार पनि गम्भीर हुन जरुरी छ ।” कञ्चनपुर खुला सीमानाका भएकाले पनि मानव बेचबिखनका दृष्टिले चुनौती रहेको बताउँदै उनले गड्डाचौकी र दोधारा चाँदनीको झोलुङ्गे पुलमा माइती नेपालले परामर्श केन्द्र राखेको जानकारी दिए । “वडाध्यक्ष नै काम गर्न जाँदैछ किन रोक्नुहुन्छ भनेर फोन गर्छन्”, उनले भने, “वडास्तरमा पनि जनचेतनामूलक कार्यक्रम गर्नु अतिआवश्यक छ ।”
सन् २०१९ मा माइती नेपालले भारतको जिवीरोडदेखि हल्द्धवानी, बरेली, पिथौरागढलगायतका शहरहरुबाट भारतीय सङ्घसंस्था र प्रहरीको सहयोगमा नौ महिलाको उद्धार गरेको माइती नेपालले जनाएको छ । “बेचबिखन बढिरहेको भए पनि हामीले त्यसमा संलग्न एक जनाविरुद्ध मात्रै मुद्दा चलाउन सफल भयौँ”, भट्टले भने, “घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती हुन् ।”
त्यसैगरी माइती नेपालले बितेको एक वर्षमा भारत जाने तीन हजार ६८० सवारीसाधन गड्डाचौकीमा जाँच गर्नुका साथै सीमानाकामा झण्डै १४ हजार महिला तथा बालबालिकालाई परामर्श प्रदान गरेको छ । उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालीम दिएर आयमूलक काममा लगाउन पनि सहयोग गर्दै आएको माइती नेपालले दुई वर्षमा १८ महिलालाई काठमाडौं लगेर सीपमूलक तालीमसमेत दिएको संयोजक भट्टले बताए ।
“मानव बेचबिखनमा दलालहरु सक्रिय भइरहँदा हामीसित उद्धारमा खटिने एउटा सरकारी संयन्त्र गठन हुनसकेको छैन”, उनले भने, “यहाँ जोखिम रहेको बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर हुनु जरुरी छ ।”
२१३ महिलाको उद्धार
भद्रपुरको माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा २१३ नेपाली चेलीको उद्धार गरेको छ । सन् २०१९ को जनवरीदेखि हालसम्ममा मानव बेचबिखनमा सङ्लग्न दलालले झुक्याएर भारतको मिजुराम, मनीपुर, वर्मालगायतका क्षेत्रबाट र काँकडभिट्टा नाकासहित गरी २१३ नेपाली महिलाको उद्धार गरेको हो ।
वैदेशिक रोजगारीको बहाना बनाएर भारतलगायत तेस्रो मुलक लैजान लागेको अवस्थामा ८२ जनालाई सीमा नाका काँकडभिट्टाबाट घर फर्काइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । सोही अवधिमा कार्यालयमा १४४ जना महिला हराएको निवेदन परेकामध्ये ४२ जनालाई फेला पारी परिवारलाई जिम्मा लगाइएको छ भने बलात्कारको घटनामा एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको उनको भनाइ थियो ।
मानव बेचविखनको ‘ट्रान्जिट’ मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ । बेचविखनमा परेका पीडितको उद्धार गरे पनि हालसम्म बेचबिखनमा संलग्न व्यक्ति फरार रहेको संयोजक घिमिरेको भनाई छ । “पीडितले नै उजुरी दिन हामीलाई सहयोग गर्दैनन्”, घिमिरेले भने, “जसका कारण अभियुक्त फरार हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार