उत्तर प्रदेश प्रहरीको यो कस्तो हरकत हो ?
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १४:१०:५०
१३ पुस एजेन्सी । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हातपात गरेको आरोप लगाएकी छन् ।
नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ परेका अवकास प्राप्त प्रहरी अधिकारीलाई भेट्न उनको घर जाँदै गर्दा प्रहरीले आफूलाई रोक्ने प्रयास गरेको र सोही क्रममा महिला प्रहरीले आफ्नो घाँटी समातेको तथा हातपात गरेको प्रियंका गान्धीको दाबी छ ।
यसबारे उत्तर प्रदेश प्रहरीले वक्तव्य जारी गरेर प्रियंका गान्धीको दाबी लगत रहेको बताएको छ । प्रियंका गान्धी तय भएको मार्गबाट नगएर अर्कै मार्गमा गएको र सुरक्षा चुनौतिका कारण उनलाई रोकिएको दाबी प्रहरीले गरेको छ ।
७६ वर्षका पूर्व प्रहरी अधिकारी एस आर दारापुरीको घर जानका लागि प्रियंका पहिला एक स्कूटरको पछाडि बसेकी थिइन् । त्यसपछि उनी पैदल हिँडेकी थिइन् । नागरिकता संशोधन कानूनको विरोध प्रदर्शनमा सहभागी भएका दारापुरी केही दिनअघि पक्राउ परेर रिहा भएका थिए ।
प्रियंका गान्धीले आफ्नो फेसबुक पेजमा भिडियो पोस्ट गरेकी छन्, जसमा उनी पैदल हिँड्दै गरेको देखिन्छ र साथमा कांग्रेस कार्यकर्ताहरु पनि छन् ।
भिडियो पोस्ट गर्दै प्रियंका गान्धीले लेखेकी छन्, ‘उत्तर प्रदेश प्रहरीको यो कस्तो हरकत होरु हामीलाई कहिँ जान आउन पनि दिइएको छैन । म अवकास प्राप्त प्रहरी अधिकारी र अंबेडकरवादी सामाजिक कार्यकर्ता एस आर दारापुरीको घर जाँदै थिएँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार