कांग्रेसमा असन्तुष्ट समूहद्वारा छुट्टै भेलाको तयारी
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार १३:२१:३३
१४ पुस काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
राजधानी दैनिकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा असन्तुष्ट समूहले जिल्ला सभापतिहरुको छुट्टै भेला गर्ने तयारी गरेको समाचारलाई प्राथमिक समाचार बनाइएको छ । पार्टीमा संस्थापन समूहले बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूहले जिल्ला सभापति भेलादेखि महाधिवेशन प्रतिनिधि भेलाको तयारी गर्न लागिरहेको समाचारमा लेखिएको छ ।
असन्तुष्ट समूहले पार्टीको संस्थापन पक्षले मनपरी ढंगबाट केन्द्रीय समितिको कार्यकाल थप गरेको, १४ औं महाधिवेशनको एकलौटी निर्णय गरेको, तरुण दलको म्याद थपेको, विधानका धारा निलम्बन गरेको, क्रियाशील सदस्यतामा मनपरी गर्न खोजेको र विधानविपरित विभाग गठनको तयारी गरेको लगायतका आरोप लगाउँदै छुट्टै भेलाको तयारी गरेको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकमा ‘जबरजस्ती विकास’ शीर्षकमा मुख्य समाचार छ । समाचारमा विश्लेषण गरिए अनुसार विकासका नाममा ग्रामिण क्षेत्रमा जबरजस्ती खनिएका सडक मापदण्डविपरित देखिएका छन् । प्राविधिकको सामान्य लाइनका भरमा खनिएका ग्रामिण सडक वातावरणीय र प्राविधिक दुवै हिसाबले उपयुक्त छैनन् । तर यस्ता सडकले पार्ने दिर्घकालीन प्रभावबारे भने सरोकारवालाहरु मौन देखिन्छन् । पत्रिकाले उल्लेख गरेअनुसार यस्ता साना योजनामा डिपिआर सम्भव नहुने, सामान्य इस्टिमेट गरेर लाइन दिने काम बढी हुने र डोजर अपरेटरले आफ्नो हिसाबले खन्न शुरु गरिदिने हुनाले समस्या उत्पन्न हुने देखिएको छ ।
अन्नपूर्णले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम महत्वाकांक्षी भएपनि कार्यान्वयन निराशाजनक देखिएको र अभिव्यक्तिमा अंकुश शीर्षकमा अन्य दुई महत्वपूर्ण समाचारलाई पनि प्रथम पृष्ठमा समावेश गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार