देशैभरि जाडो, तराईमा बाक्लो हुस्सु
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार १३:२६:४६
१४ पुस काठमाडौं । चिसो गराउने मौसमी प्रणाली सक्रिय नै रहे पनि अघिल्ला दिनको तुलनामा केही कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशैभरि हाल जाडो बढेको छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गरिरहेका मौसमविद मिनकुमार अर्यालले जानकारी दिएका छन् । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ । हाल तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
तर आइतबारको तुलनामा सोमबार चिसो हावा बहने क्रम केही कम भएको छ । यसले गर्दा काठमाडौं उपत्यकासहित देशभरको न्यूनतम तापक्रम केही बढेको छ । सोमबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनमत तापक्रम १.८ डिग्री सेल्सियस मापन भएको छ ।
आइतबारको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस थियो । त्यसअघि शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०।६ डिग्री सेल्सियस मापन भएको थियो ।
यस्तै पोखराको न्यूनतम तापक्रम ५.५, धनकुटाको ६.७, विराटनगरको ४.२ तथा दिपालयलको ३.६ डिग्री सेल्सियस मापन भएको छ । देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ ।
पहाडी क्षेत्रमा घाम लागेसँगै कुहिरो बिस्तारै हट्दै जाने छ । तर तराईका क्षेत्रमा पनि दिनभरजसो नै हुस्सु र कुहिरो कायम रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिउँसो केहीबेर भने हुस्सु हट्ने सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १४ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १५ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक बदली रहने देखीन्छ।
राती : देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।
पौष १६ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भु-भागमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
तराईका भू-भागमा र पहाडी उपत्यकाहरूमा हुस्सु/कुहिरो विकसित भएको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार